0
एकजना उच्च प्रहरी अधिकृतले भर्खरै दिएको जानकारी अनुसार समता शिक्षा निकेतनका संस्थापक उत्तम सन्जेलमाथि अस्ति सांघातिक हमला गर्ने दुईजना प्रमूख सन्दिग्ध ब्यक्तिहरुलाई प्रहरीले आज दिउंसो गिरफ्तार गरेको छ।

यो खुशीको खबर हो। तर दुखको खबर पनि छ।

मुलुकका विभिन्न जिल्लामा छरिएका समता स्कूलका २० वटा शाखामा अलिअलि हैन ३० हजार अत्यन्त विपन्न वर्गका केटाकेटीलाई मासिक रु. १०० मा गुणस्तरीय शिक्षा प्रदान गर्ने र एसएलसीमा उत्कृष्ट नतिजा सुनिश्चित गर्ने उत्तम सन्जेल यो निराशाब्याप्त समाजमा आशाका किरण हुन्। ४० प्रतिशतले मात्र यस पटक एसएलसी उत्तिर्ण गर्दा उनका स्कूलबाट एसएलसी दिने ३१७ जनामध्ये २०१ जनाले विशिष्ट र ११६ जनाले प्रथम श्रेणीमा परिक्षा उत्तिर्ण गरेका थिए।

उनीजस्तो नेपालीमाथि यसरी सांघातिक हमला हुंदा उनी एउटा प्रमूख समाचारको पात्र बन्नु पर्थ्यो कि पर्थेन?

उनलाई सरकारका प्रतिनिधिले हेर्न जान पर्थ्यो कि पर्थेन?

उनको स्थितिप्रति जनताका लागि काम गर्ने महान दलका नेताहरूले चासो दिनु पर्थ्यो कि पर्थेन?

तर माथिका कुनै पनि कुरा भएनन्। यदि गरिबलाई सहयोग गर्ने होईन गरिब मार्ने भ्रष्ट नेता भैदिएको भए या समाजमा ‘ठूला’ कहलाईने अन्य कोही भैदिएको सबैतिर हंगामा भैसक्ने थियो।

हामीले यस्तो समाज निर्माण गरेका छौं जुन अधिकांश स्थितिमा सतहमा रमाउंछ। त्यसैभएर सन्जेलले खासै महत्व पाएनन्।

Post a Comment

 
Top