0
विहे पछिको लोग्ने मान्छे
१. गिफ्टः
६ हप्ताः मलाई आशा छ यो औठी तिमीले मन पराउनेछौ ।
६ महिनाः मैले तिम्रोलागि एउटा पेन्टिङ ल्याएको छु । भित्तामा सजाउँदा राम्रो देखिन्छ ।
६ वर्षः यी लेउ पैसा । केही किन्नु !

२. फोनः
६ हप्ताः बेबी, तिमीलाई कसैले फोन गरेको छ, कुरा गर ।
६ महिनाः यी लेउ तिम्रो फोन ।
६ वर्षः फोन बजिराछ, किन नसुन्या हो !

३. टिभी
६ हप्ताः बेबी तिमीलाई कुन च्यानल हेर्न मन लागेको छ ?
६ महिनाः यो फिल्म हेरौं है खुब राम्रो छ ।
६ वर्षः मलाई कि्रकेट हेर्नुछ तिमीलाई निद्रा लागेको भए गएर सुते हुन्छ ।

४. खाना
६ हप्ताः मलाई कहिल्यै थाहा थिएन खाना यति मिठो हुँदो रैछ ।
६ महिनाः आज अचार बनाइनौ ?
६ वर्षः उफ ! फेरी फसर्ी !

५. अफिस जानुअघिः
६ हप्ताः अब म जाउँ त ? भरे छिट्टै आउँछु नी, म्वा !
६ महिनाः ल म गएँ ।
६ वर्षः भरे म आउन ढिला हुन्छ है तिमी खाएर बसे हुन्छ ।

६. नयाँ लुगाः
६ हप्ताः वाह ! यो डे्रसमा त तिमी ऐश्वर्या रायभन्दा राम्री देखिएकी छौ ।
६ महिनाः फेरी नयाँ लुगा किनेको ?
६ वर्षः कति पर्यो यो लुगालाई ?

७. शनिबारः
६ हप्ताः आजको छुट्टी हामी कहाँ जाने डुल्न
६ महिनाः आज साह्रै जाडो छ है बाहिर निस्कीनै मन छैन ।
६ वर्षः तिमी आज माइती जाने भनेको होइन ?

८. किसः
६ हप्ताः तिम्रो गुलाबी ओठमा स्पर्श गर्न पाउँदा मलाई जिउँदै स्वर्ग पुगेको अनुभूति हुन्छ ।
६ महिनाः पत्रिकामा लेखेको रहेछ धेरै किस खानाले मुखमा एलर्जी हुन सक्छ ।
६ वर्षः कति झोस्न ल्याउँछे यो गन्हाउने थुतुनो ! उता लग !

९. जागिरः
६ हप्ताः तिमीले किन जागिर खानुपर्यो पि्रय, के म तिमीलाई पाल्न नसक्ने छु र ?
६ महिनाः पत्रिकामा भ्याकेन्सी निस्केको रहेछ । महिलालाई छुट्टै कोटा छ रे !
६ वर्षः तिम्रा पनि त हातखुट्टा छन् । सक्ने भए कमाएर देखाए हुन्छ !

१०. अफिसबाट फर्किदाः
६ हप्ताः यी हेर त मैले तिमीलाई के खानेकुरा ल्याइदिएको छु !
६ महिनाः खाजा के बनायौ आज ?
६ वर्षः मलाई भोक छैन । अफिसमै खाजा खाएर आुको ।

११. प्रेमः
६ हप्ताः आई लभ यू आई लभ यू आई लभ यू !
६ महिनाः आई लभ यू नभन्दैमा माया नै नगरेको हुन्छ र ?
६ वर्षः म फिल्मको हिरो हो र घरी-घरी आई लभ यू भन्नलाई !

१२. श्रीमती लड्दा
६ हप्ताः बोकेर उठाउँदै ओहो तिमीलाई बेस्सरी चोट लाग्यो है । पख म तेल लाइदिन्छु ।
६ महिनाः अलि होस गरेर हिँडनुपर्छ नी । उठ एक छिनमा ठिक हुन्छ ।
६ वर्षः हैन आँखा घुच्चुकमा राखेर हिँड्छेस कि क्या हो !

१३. वाचा
६ हप्ताः म हजार जन्मसम्म तिमै्र भएर बाँच्न चाहन्छु पि्रय !
६ महिनाः मलाई पुनर्जन्ममा त्यति विश्वास लाग्दैन ।
६ वर्षः हे भगवान मलाई कुन जन्मको सजाय दिदैछौ !

१४. केटा साथी
६ हप्ताः तिम्रा केटा साथी कति छन् ?
६ महिनाः तिम्रा केटा साथी पनि छन् ?
६ वर्षः को हो त्यो फोन गर्ने केटो ?

१५. सासुः
६ हप्ताः मामुको फोन हो ? म पनि कुरा गर्छु है
६ महिनाः सासु आमाको फोन हो ? मेरो नमस्कार सुनाइदेउ है ।
६ वर्षः तिम्री आमासित मेरो के कुरा छ र तिमी नै कुरा गर न !

१६. बिसाचो
६ हप्ताः तिमीलाई आज टाउको दुखेको छ रेस्ट गर । आज खाना म बनाउछु ।
६। महिनाः साच छैन भने धेरै दुख किन गर्छेउ भुलुक्क गुन्द्रुक र भात उमाल न !
६ वर्षः पकाउन अल्छि लागेको छ भने भइगो नी किन टाउको दुखेको बहाना गर्नुपर्यो !

Post a Comment

 
Top