0

जाजरकोटमा आयोनुनको अभाव

aayo
अघिल्लो आर्थिक वर्षो निर्धारित कोटा सकिएको र यो वर्षो टेन्डर प्रक्रिया नभएकाले
विगत केही समय यता देखि जाजरकोटा आयो नुनको अभाव भएको छ। आयो नुनको अभाव हुँदाँ स् स्थानिय बासी हरु ढिके नुन नै प्रयोग गर्दै आएका छन् ।
नुन पाउन छोडेपछि गाउँगाउँबाट सदरमुकाम डिपो पुगेका र्सवसाधारण खाली हात र्फकन बाध्य भएका छन् । जिल्ला सदरमुकाममा मात्र नुन वितरण केन्द्र भएका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई नुन लिन समस्या भएको भन्दै ग्रामीणस्तरमा पनि बिक्री केन्द्र हुनुपर्ने उनीहरुको माग रहेको छ ।
अघिल्लो आर्थिक वर्षो निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको छ । नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले बाँकी २९६ क्विन्टल नुन नल्याइपुर्‍याउँदा थप समस्या भएको हो । नुन अभाव भएपछि साल्ट टे्रनिङ कर्पोरेसन डिपो कार्यालय जाजरकोटले एक परिवारलाई हप्तामा एक दिन मात्र पाँच किलो नुन दिने गरेको छ । नुन मौज्दात नभएकाले पाँच पोका दिने गरिएको डिपो प्रमुख भरत श्रेष्ठले बताउनुभयो ।

Post a Comment

 
Top