0
टाइमलाइनमा गालीको वर्षा भन्ने एक समाचार सामग्री र केही समयअगाडि एक अनलाइन प्रकासित फेसबुक आचारसंहिताको खाँचो भन्ने लेख दुवैले अब हामी फेसबुक, टि्वटर, लिंक्डइनजस्ता सामाजिक संजाल चलाउनेहरूले नै आचारसंहिता बनाउन आवश्यक देखियो । 
मलाई लागेका केही बुँदा प्रस्तावित गर्छु, तपाईंहरूलाई लागेका बुँदाहरू थप्नुस । पछि यसलाई कुनै ग्रुप बनाएर सामूहिक रूपमा पोस्ट गर्नेः
१) आफ्नो व्यक्तिगत परिचय, सही, सत्य, वास्तविक दिने
२) प्रोफाइल चित्र आफ्नो फोटो, स्केच, वा परिचय खुल्ने कृतिका मात्र राख्ने
३) अश्लिल सामग्रीहरू कुनै पनि रूपमा पोस्ट नगर्ने
४) व्यक्तिगत लान्छनाका सामग्रीहरू पोस्ट नगर्ने
५) राजनीतिक, सामाजिक, आर्थिक विकृतिका कुनै पनि आलोचनाहरू गर्दा सभ्य र मर्यादित भाषामा मात्र पोस्ट गर्ने
६) सामाजिक सद्भाव विथोल्ने कुनै पनि सामग्री पोस्ट नगर्ने
७) परिचय लुकाइका, वास्तविक विवरण नभएकाका फ्रेन्डरिक्वेस्ट एसेप्ट नगर्ने
८) अश्लिल, अभद्र, गालीबेइज्जतिका सामग्री पोस्ट गर्नेलाई बहिस्कार (ब्ल्क) गर्ने
९) अर्काका टाउका जोडेर नक्कली तस्बिर बनाइ सेयर गर्नेलाई बहिस्कार (ब्ल्क) गर्ने

Post a Comment

 
Top