अर्थमन्त्री शंकर कोइरालाले प्रस्तुत गरेको आर्थीक बर्ष २०७०÷७१ को बजेट भाषणमा १६५ नम्बर बुदामा सवै प्रकारका अपांगता भएकाहरुलाई अनिवार्य सामाजीक सुरक्षा भत्ता दिने कुरा स्पष्ट उल्लेख गरीएको छ तर अहिले त्यो भत्ता सवै अपांगता भएकाहरुलाई होइन भन्ने तरीकाले परिभाषा गर्न खोजीदै छ । फेरी पनि राज्यका जिम्मेवार निकायमा बस्नेहरुले अपांगता भएकाहरुलाई बेकुफ बनाइरहेका छन् । यदी बजेट भाषणमा उल्लेख भए अनुसार अपांगता भएकाहरु सवैले भत्ता पाएनन अपांगता भएकाहरुको अधिकारको नाममा खुलेका सबै संघ संस्थाहरु बन्द गरीदिए हुन्छ । हामी फेरी पनि भन्दैछौ अपांगता भएकाहरु माथी अपांगता भएकाहरुले नै गम्भीर सडयन्त्र गरीरहेका छन् । महिला बालबालीका तथा समाज कल्याण मन्त्रालयका एक जिम्मेवार अधिकारीले भने अनुसार समाज कल्याण मन्त्रालयले स्थानीय विकास मन्त्रालयलाई रातो र निलो परिचयपत्र भएका अपांगता भएकाहरुलाई भत्ताको व्यवस्था गराउनको लागि भनेको रे तर प्रिन्ट मिस्टेक भएर सवै भन्ने आएको रे । यदि साँच्चीको यस्तो वे तुकको कुरा गरेर अपांगता भएकाहरुलाई फेरी बेबकुफ बनाए भने के तपाँईहरु त्यतीकै चुप भएर बस्नु हुन्छ
Post a Comment