बाघको वृद्धि
अत्यन्तै सुन्दर जनावरको रूपमा चिनिएको बाघको जनसंख्या नेपालमा बढेको खबरले सिंगो संरक्षण क्षेत्र उत्साहित भएको छ। सरकारले पाँच महिना लगाएर देशभर एकसाथ गरेको बाघ गणना तथ्यांक सोमबार सार्वजनिक भएपछि संरक्षणप्रेमीलाई हौस्याएको हो। विश्वकै दुर्लभ बन्यजन्तुको सूचीमा रहेको बाघको संख्या कम भइरहेका बेला नेपालमा संख्या बढ्नु विश्व समुदायकै लागि सकारात्मक सन्देश हो। तर यससँगै संरक्षण क्षेत्रमा चुनौती भने थपिँदै गएको छ।
सन् २००९ मा एक सय २१ वयस्क बाघ भेटिएका थिए। चार वर्ष अवधिमा त्यो बढेर एक सय ९८ पुगेको छ। यसपटक सरकारले दातृ निकायको सहयोगमा संरक्षण क्षेत्रभन्दा बाहिरका मध्यवर्ती तथा अन्य बनमा समेत बाघ गणना गरेको हो। खुसीको कुरा, यसअघि कहिल्यै नभेटिएको दाङ र नवलपरासीमा समेत बाघ भेटिएका छन्। बाघ पाइने १३ देशले सन् २०२२ सम्ममा बाघ संख्या दोब्बर बनाउने संयुक्त प्रतिबद्धताअनुसार काम गरिरहेका छन्। यो प्रतिबद्धता पूरा गर्न नेपालको प्रयास प्रशंसनीय छ। बाघका लागि १० जोखिम देशको सूचीमा नेपाल पनि परेको छ। बीसौं शताब्दीमा विश्वमा एक लाखको हाराहारीमा बाघ बस्थे। सन् १९४० यता विश्वबाट विभिन्न तीन उपप्रजातिका बाघ हराइसकेका छन् भने उत्तरी चीनमा पाइने एउटा प्रजातिको बाघ २५ वर्षदेखि देखिएको छैन। संसारमा बाघ बस्ने ऐतिहासिक ठाउँमध्ये ९० प्रतिशत क्षेत्र नष्ट भइसकेको छ। विज्ञहरूले बाघ संख्या घट्नुको सबैभन्दा मुख्य कारण बासस्थानको क्षयीकरण र चोरी-सिकारलाई मानेका छन्।
विश्वमै दुर्लभको सूचीमा रहेका धेरै बन्यजन्तु नेपालमा पाइन्छन्। त्यसमध्ये ३८ प्रजातिका विभिन्न जनावर, चराचुरुंगी तथा घस्रने जीव संरक्षणको सूचीमा छन्। बाघसँगै गैंडा र हिउँचितुवा जस्ता दर्जनौं दुर्लभ बन्यजन्तुको संरक्षणसँगै संख्या बढाउनुपर्ने चुनौती छ। नेपालमा मात्र पाइने एकसिंगे गैंडाको संख्या पाँच सय ३४ छ। सिकारीको निशानाबाट बचाउनु र सुरक्षित बासस्थान बनाउनु अहिलेको मुख्य चुनौती हुन्। सबैभन्दा धेरै सिकार र तस्करी हुने जनावर पनि बाघ र गैंडा हुन्। दुर्लभ बन्यजन्तुको माग अन्तर्राष्ट्रिय अवैध बजारमा बढेकाले पनि यिनको संरक्षण गर्न चुनौतीपूर्ण छ। तस्करहरूले बन्यजन्तुको अंग व्यापारका लागि नेपाललाई क्रसरोडका रूपमा समेत प्रयोग गर्दै अएका छन्। वातावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका बन्यजन्तुको संरक्षण अहिले विश्व समुदायको प्राथमिकता हो। बन्यजन्तुले नेपालको पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य योगदान गरिरहेका छन्। विभिन्न वातावरणीय तथा अन्य मानवीय समस्याका कारण बन्यजन्तुको संख्यासमेत घट्दै गएको छ।
जनसंख्या वृद्धिसँगै बन्यजन्तुको बासस्थान अतिक्रमण भएको छ। सरकारले बन्यजन्तु तथा वातावरण संरक्षणका लागि दर्जनौं ऐननियम बनाए पनि कार्यान्वयन पक्ष फितलो छ। बन्यजन्तुका अंग तस्करी गर्ने तथा सिकार गर्नेलाई कम सजाय तोकेर छुटाउने अवैध अभ्यास बढ्दो छ। अर्धन्यायिक नियमको अधिकार पाएका जिल्ला बन अधिकृत तथा निकुञ्ज र संरक्षण क्षेत्रका प्रमुखले संरक्षणविरोधी फैसला गर्दै अपराधी छोड्दा संरक्षण अभियान कमजोर भएको छ। आर्थिक लेनदेनका आधारमा नेपालका बन्यजन्तु तस्करलाई छोडेका घटना सार्वजनिक हुँदासमेत सरकारले कुनै चासो नदेखाउनु दु:खद छ।
नेपालमा बन्यजन्तुको संख्यासँगै यसको संरक्षण र सुरक्षातर्फ थप चनाखो हुनुपर्ने अवस्था छ। बाघ बढेको खबरले चोरी-सिकार र तस्करी गर्नेको पनि ध्यान तानेको हुन सक्छ। त्यसलाई निस्तेज पार्नेतर्फ सरकारको रणनीति बन्नुपर्छ। त्यस्तै बन्यजन्तुको संख्या बढ्नु राम्रो पक्ष हुँदाहुँदै त्यसका कारण समाजमा उत्पन्न हुने द्वन्द्वका बारेमा पनि गम्भीर हुन आवश्यक छ। बन्यजन्तुको संख्या बढ्दै जाँदा मानिससँगको द्वन्द्वका घटना पनि बढिरहेका छन्। खानाको खोजीमा गाउँ पस्दा स्थानीय बासिन्दासँग भिडन्तका घटना सार्वजनिक भइरहेका छन्।
सरकारले जनावरको वैज्ञानिक व्यवस्थापन र मानिससँगको सम्बन्ध सुमधुर बनाउनेतर्फ अबको पहल थाल्नुपर्छ। बन्यजन्तुको बासस्थानको विनाश र चोरी-सिकार बन्यजन्तु संरक्षणका प्रमुख चुनौती हुन्। त्यसैले अब सरकारले तिनको बासस्थान बढाउने र सुरक्षित बनाउनेतर्फ पाइला नचाले आगामी पुस्ताले बाघलगायतका जनावर किताबमा मात्रै हेर्नुपर्ने अवस्था नआउ भन्न सकिन्न। पर्यावरणीय सन्तुलनका निम्ति पनि बाघ जस्ता दुर्लभ जनावरको जनसंख्या बढाउनुपर्छ। यो सुन्दर जनावर हाम्रा सन्ततिका निम्ति उपहार बन्न सक्नुपर्छ।

Post a Comment