कलावतीको कहालीलाग्दो कथा
रत्नप्रसाद आचार्य
सामान्यतया उपचार गराई निको हुने उद्देश्यले बिरामीहरू अस्पताल जान्छन्। अस्पतालमा उपचार गरी निको भएपछि चिकित्सकले बिरामीलाई घर जान सल्लाह दिन्छन्। तर, प्रसूति गराउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएकी सुनसरीको प्रकाशपुर गाविस-१ की २८ वर्षीया कलावती रामलाई भने प्रतिष्ठानले उपचारका लागि भर्नासम्म गरेन।
प्रतिष्ठानले कलावतीलाई भर्ना नलिएपछि उनी दस घन्टासम्म खुला आकाशमुनि छट्पटाइन्। प्रतिष्ठानको प्रसूति वार्डका चिकित्सक र स्टाफ नर्स रमिते बने। बिनाउपचार खुला चउरमै जन्म दिएकी छोरीलाई कलावतीले गुमाउनु पर्यो। चिकित्सकहरूले मानवीय संवेदनासमेत देखाएनन्।
गर्भवती कलावतीलाई शनिबार राति पेट दुख्ने समस्याले च्यापेपछि उनका पति रत्नकुमारले स्थानीय रिमा पोलिक्लिनिकमा भर्ना गरे। पोलिक्लिनिकका सञ्चालक माधव शाहले तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान सुझाव दिए। ‘विराटनगर, कोसी अस्पताल र नोबेल अस्पतालमा पनि नलानु किनकि त्यहाँ उपचार हुन नसके बीपीमै रेफर गर्छन्’, माधवको यस्तो सल्लाह थियो। त्यसैअनुसार रत्नकुमारले राति साढे १० बजे प्रकाशपुरबाट एम्बुलेन्समा कलावतीलाई उपचारका लागि प्रतिष्ठान लगे।
प्रसूति व्यथाले छटपटाइरहेकी कलावतीलाई प्रतिष्ठानको प्रसूतिवार्डमा राति साढे ११ बजे लैजाँदा प्रतिष्ठानका चिकित्सकहरूले कलावतीलाई शय्या अभाव छ भन्दै भर्ना लिएनन्। त्यसपछि रत्नकुमारले मध्यरातमा कलावतीलाई प्रसूति वार्डको बाहिरपट्टि खुला चउरमा राखे। कलावती रातभरि ऐय्या ऐय्या भन्दै रुँदै कराउँदै थिइन्। तर, प्रतिष्ठानका चिकित्सकहरूलेउनको उपचारमा चासो देखाएनन्। कलावतीले प्रतिष्ठान आएको १० घन्टापछि छोरी जन्माइन् तर छोरीको तत्काल निधन भयो। छोरी जन्मनासाथ भने प्रतिष्ठानका स्टाफ नर्सले कलावतीलाई उपचार गर्न प्रसूति वार्ड लगे। उपचार गर्न प्रसूतिगृहको आकस्मिक कक्षमा लगिए पनि कलावतीलाई भर्ना नगरी भुइँमा राखे। त्यो सहन नसकेर रत्नकुमार कलावतीलाई लिएर आइतबार दिउँसो साढे २ बजे फर्किए।
‘अस्पतालमा हामी गरिबलाई मानवीय व्यवहार गरिएन। त्यसैले मैलै श्रीमतीलाई प्रकाशपुर ल्याएर रिमा पोलिक्लिनिकमा उपचारका लागि भर्ना गरेँ’, रत्नकुमार भन्छन्, ‘अहिले कलावतीलाई घरमै राखेर औषधि दिइरहेको छु। मैलै मेरी श्रीमतीलाई किन भर्ना नगरेको? हामी गरिब छौं, उपचार पाउनु पर्यो भनेर पटकपटक चिकित्सक र नर्सहरूलाई अनुरोध गरेँ तर वास्ता गरेनन्।’
‘तेरी श्रीमतीको उपचार हुँदैन, जा प्रहरी कार्यालयमा गएर उजुरी दे भनेर उल्टै गाली गरे’, रत्नकुमार भन्छन्, ‘हामी त भगवानको घर भनेर बीपी प्रतिष्ठान गएका थियौं। त्यहाँ त यमराजहरू पो बस्दा रहेछन्।’
२०५२ सालमा सरकारले अस्थायी पुर्जा दिएको चार कट्ठा जग्गा चार दाजुभाइले एक/एक कट्ठा भाग लगाएर बनाएको सानो घरको छाप्रोमा बसेका रत्नकुमारको घरमा मंगलबार पुग्दा उनकी श्रीमती सुकुल ओछ्याएर सुतिरहेकी थिइन्। चउरमा छोरी जन्माएपछि चिकित्सकहरूले भित्र लगेर पनि राम्रो उपचार नगरेको उनले बताइन्। ‘मलाई तीन घन्टासम्म भुइँमा राखियो, त्यसपछि पनि भर्ना नगरेपछि श्रीमान्लाई बरु घरै जाऊँ भनेर आयौं’, कलावती भन्छिन्, ‘अस्पतालमा उपचार नभएपछि बस्नुको अर्थ पनि रहेन। राम्रो उपचार गरिदिएको भए मेरी छोरी पनि बाँच्थिन् होला। उपचार नभएकै कारण मैले छोरी गुमाउनु पर्यो।’
जुत्ता सिलाउने र बाजा बजाउने पेसा गर्दै आएका रत्नकुमारले छोरी बाँचेकी भए जेठी छोरीसँगै राम्रोसँग पढाउने सपना रहेको बताए। स्थानीय नवदुर्गा प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका रत्नकुमार भन्छन्, ‘मजदुरी गरेरै भए पनि म छोरीलाई राम्रोसँग पढाएर विवाह गरिदिन्थेँ। सात वर्षकी जेठी छोरी म अध्यक्ष भएकै विद्यालयमा पढ्छिन। कान्छी छोरी बाँचेकी भए दुई सन्तान हुन्थे। दुई सन्तान भएपछि मलाई सन्तानको रहर पनि पूरा हुने थियो।’
गरिबको उपचार नगर्ने बीपीका चिकित्सकहरूलाई कारबाही गरी बीपीको सेवा प्रभावकारी बनाउन उनले सरकारसँग माग पनि गरे। ‘मेरी श्रीमतीको त उपचार भएन। छोरीको मृत्यु भयो। तर, प्रतिष्ठान आउने अन्य बिरामीको हालत मेरी श्रीमतीको जस्तो नहोस्’, रत्नकुमार दु:खेसो पोख्छन्, ‘मलाई त्यहाँका चिकित्सक र नर्सहरूको व्यवहार साह्रै नराम्रो लाग्यो। म धनी भएको भए सायद त्यस्तो गरिँदैनथ्यो होला।’ उनले गरिबको पनि स्वास्थ्य अधिकार सुनिश्चित गरिनुपर्ने र गरिबले पनि बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने माग गरे।
प्रतिष्ठानका उपकुलपति बीपी दासले प्रतिष्ठानमा शय्या अभावमा कारण सबै बिरामीलाई उपचार गर्न समस्या भएको बताए। उनले पूर्वका अधिकांश अस्पतालले बिरामीलाई अन्तिम अवस्थामा प्रतिष्ठानमा रेफर गर्ने गरेका कारण पनि समस्या उत्पन्न भएको बताए। ‘हामीले प्रतिष्ठानको समस्याका बारेमा सरकारलाई पटकपटक जानकारी गरायौं’, दासले भन्छन्, ‘तर, हाम्रो माग सम्बोधन हुन सकेको छैन।’
प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रसूति वार्डको बाहिर कलावतीले बच्चा जन्माएको खबर पाएपछि कलावतीलाई प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको बताए। प्रकाशित विज्ञप्तिमा समेत कलावतीको उपचारमा कमजोरी भएको भन्दै गहिरो दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा सहानुभूति प्रकट गरिएको छ।
कलावती प्रकरणपश्चात् केही दिनमै प्रतिष्ठानको प्रसूति वार्डमा १२ शय्या थप गर्न लागेको चौधरीले बताए। प्रतिष्ठानका प्रोफेसर बीएन यादवले कलावतीको उपचार नहुनु भनेको चिकित्सकहरू आफ्नो पेसाप्रति बफादार नभएको बताए। ‘चिकित्सकको काम बिरामीको उपचार गर्ने हो तर कलावतीको उपचार नगर्नु भनेको प्रतिष्ठानलाई नै बदनाम गराउनु हो’, उनी भन्छन्, ‘प्रतिष्ठानको हितविपरीत काम गर्नेहरूलाई व्यवस्थापनले कारबाही गर्नुपर्छ। कलावती प्रकरणले प्रतिष्ठानमा खैलाबैला मच्चाएको छ।’
प्रतिष्ठानको चौरमा जन्मेको बच्चा अभिभावकलाई दिइएन। प्रतिष्ठानको प्रसूति वार्डका नर्सहरूले छोरी जन्मनेबित्तिकै भित्र लगे पनि आफूलाई शव नदिइएको कलावतीका श्रीमान् रत्नकुमारले बताए। ‘मैले छोरीको मुखसम्म देख्न पाइनँ’, छोरीको शव पाउनुपर्ने माग गर्दै उनी भन्छन्।

Post a Comment