पश्चिम नेपालमा शान्ताजस्ता हजारौंले यस्तो नारकीय शास्ती भोगेका छन् । तर केही वर्षमै कायापलट भएको जीवन बाँच्ने चाहिँ निकै थोरै ।
शान्ताले भोगेको, देखेको र सिकेको थुप्रै कुरालाई उनले पुस्तकमा उतारेकी छन् । त्यसको नाम छ, 'कमलरीदेखि सभासदसम्म' । त्यसको वुधवार विमोचित भयो ।
'यो पढ्दा कोही रोएन भने जाने हुन्छ उसको मन कठोर रहेछ' कंग्रेस नेता लक्ष्मण घिमिरेले भने, 'पढ्दा मेरा आँखा पनि रसाए ।'
सभासद भएर आउँदा हस्ताक्षर सम्म गर्न नसक्ने उनले अहिले पुस्तक प्रकाशन गरेकी छिन् भन्दा पत्यार नलाग्ला । तर पुस्तक पढेपछि नपत्याई धरै छैन ।
सभासद् हुँदा कखरासम्म नचिनेकी उनको लगन र मेहनतले यहाँसम्म ल्याइपुर्याइको बताउँछन् उनलाई नजिकबाट नियाल्ने घिमिरे । उनका अनुसार चौधरी अत्यन्तै मेहनती, नयाँ कुरा सिक्न चाहाने, पढ्ने लेख्ने प्रयास गर्ने गर्थिन् । जानकारहरुबाट सिक्दै उनले समितिको सभापतिको पद सक्रिय भएर सम्हालेको घिमिरे सुनाउँछन् ।
समितिकी सभापति भएको भोलीपल्ट उनलाई एउटा पत्र आयो । त्यो के थियो शान्ताले बुझ्न सकिनन् । छेउमै बसेकी बिन्दा पाण्डेलाई देखाइन् । बिन्दाले भनेपछि पो शान्ताले चाल पाइन्, त्यो त उनलाई गाडि दिइएको जानकारी रहेछ । चालकको नाम, मोबाइल नम्बर र गाडी नम्बर त्यसमा थियो जो पढ्न शान्ताले जानिन् ।
अहिले शान्ताा लेखक भएकी छन् । स्कारपियो आफैं हाँक्छिन् । एउटा सिनेमामा मात्रै सम्भव हुने जीवनको साक्षी र भोक्ता दुबै भएकी उनलाई हस्ताक्षर गराउन पुस्तक किनेर लाम लाग्नेमा सभासददेखि पत्रकारसम्म थिए कुनै बेलाको संविधान सभास्थल विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा ।
सभासद हुँदाखेरी पढ्न नजानेकी उनले यति चाँडो कसरी सिकिन् त ? जिज्ञासा मेटाउँदै चौधरीले भनिन्, 'मैले आफ्नै छोराछोरीसंग कखरा सिकेँ । यस अर्थमा छोराछोरी मेरा गुरु हुन् ।'
चौधरीका एक छोरा र एक छोरी छन् । तिनबाट आफुले सात दिनमै कखरा सिकेकी रहिछन् । एक दिन लक्ष्मण घिमिरेसंग शान्ताले इमेल ठेगाना मागिन् । घिमिरेले इमेल ठेगाना टिपाए र घर गए । 'बेलुका घर पुगेर हेर्दा शान्ताले इमेल पठाएको रहेछ म त तीन छक परें,' संविधान सभा भवनमा गरिएको पुस्तक विमोचन कार्यक्रममा उनले भने, 'हिजोसम्म पढ्न र हस्ताक्षर गर्न नसक्ने मान्छेको मेहनत र लगन देखेर मलाई पत्याउनै गाह्रो भो ।'
घोराहीदेखि पाँच किलोमिरको दुरीमा रहेको लक्ष्मीपुर गाविसमा जन्मिएर जमिन्दारको घरमा हुर्किएकी शान्तालाई १६ वर्षको उमेरमा मालिकले अर्को जमिनदारको घरमा बसेका कमैयासंग विवाह गराइदिएका थिए । उनको रुचीको विवाह थिएन । मालिकका छोराछोरी स्कुल पढ्न जाँदा आफु पनि स्कुल जान पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो ।
उनका पसिरवारका छ दिदी बहिनी दुई दाजुभाइ र आमा बाबु सबै जमिनदारको घरमा कमलरी र कमैया बसेका थिए ।
राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रबाट कमलरी प्रथाको विरोध भएपछि सरकारले ०५७ साउन २ गते कमैया मुक्रीको घोषणा गर्यो । त्यसपछि उनका पतिलाई जमिनदारले निकाल्यो ।
'अनि हामी जंगलमा सानो झुप्रो बनाएर बस्न थाल्यौं' आफ्ना विगतबारे बोल्दा शान्ताले तुरुक्क आँसु खसालिन्,'म नौ दिनकी सुत्केरी थिए, जंगल मिचेको भन्दै प्रहरी र जमिनदार आएर झुप्रो जलाइदिए, पाँच दिनसम्म पानी मात्रै खाएर बाँचे, १९ दिनका दिन मेरो छोरा भोकले मर्यो ।'
यो सुन्दा एकछिन सभाहल स्तब्थ थियो ।

Post a Comment