अमेरिकाले म्याराडोनालाई भिसा दिएन
३ साउन, अमेरिकाले अर्जेन्टिनाका फुटबल हस्ती डिएगो म्याराडोनालाई भिसा दिन अस्वीकार गरेको छ । जसका कारण म्याराडोना परिवारले फ्लोरियाको विदा मनाउने भ्रमण स्थगित गरेको छ । 
उनी बस्दै आएको दुबईस्थिति अमेरिकी दूताबासमा एक व्यक्ति म्याराडोनाको भिसाका लागि गएका थिए, जसलाई दूताबासले अस्वीकार गरेको छ । यद्यपि उनलाई भिसा नदिनु राजनीतिक कारण भएको स्रोतको दावी छ ।
अमेरिकासँग उनको सम्वन्ध कहिल्यै राम्रो रहेन । म्यारानोडोको सम्वन्ध अमेरिका विरोधीका रुपमा चिनिएका फिदेल कास्त्रो र हृयुगो चावेजसँग राम्रो थियो ।
Post a Comment