0

राम्री’ देख्दा झलनाथ खनालले आँखा लगाउने गरेको खुलासा

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मान्छेको मन लोभी हुने जनाउँदै राम्रा युवती देख्दा आँखा लाग्ने गरेको बताउनुभए
को छ । आफ्नो उमेर जति भए पनि मनचाँहि २५ वर्षको युवक भन्दा पनि ‘तरुनो’ रहेको बताउँदै एमाले अध्यक्ष खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्राकार राम्री रहेको र घरमा उहाँलाई नचाउने गरेको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ ।
शुक्रबार प्रकाशित साप्ताहिक पत्रिकालाई प्रेम र रोमान्सबारे अन्तरवार्ता दिँदै खनालले ‘जेन्डर’प्रतिको आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो । ‘कार र मोवाइलसँग श्रीमतीको तुलना हुन सक्दैन । तैपनि सुन्दर युवती देख्दा आँखाचाँहि लाग्छ, मान्छेको मन त लोभी हुन्छ नि ।’, खनालको भनाइ छ-’खाने मुखलाई जुँगाले छेक्दैन । त्यस्तै हो, जुँगादाह्री भए पनि चुम्बनलाई छेक्दैन । मेरी नायिका मेरी श्रीमती हुन् । उनी राम्री पनि छन्, उनैलाई घरमा नचाउँछु ।’

Post a Comment

 
Top