0

दृष्टिविहिनलाई लौरो लुकाउनुपर्ने बाध्यता

सवारीमा चढ्ने बेलामा आफ्नै सहारा (लौरो) समेत लुकाउनुपर्ने बाध्यता भएको दृष्टिविहिनहरुले बताएका छन् । उनीहरुले सवारी चालक तथा सहचालकले अपांगता भएकहरुलाई मानसिक दुव्यवहार गरेको आरोप समेत लगाएका छन् ।
दृष्टिविहिनहरुका निम्ति बर्दिया जिल्लामा सञ्चालित पून:स्थापन कार्यक्रमको प्रभावकारी सञ्चालन र निरन्तरताको लागि स्थानीय सरोकारबालाहरुको भूमिका र जिम्मेवारी बिषयक अन्र्तरक्रिया कार्यक्रम उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागि दृष्टिविहिनहरुले पटक पटक आफुले पनि लौरो लुकाएर सवारी चढेको तीतो अनुभव सुनाएका थिए । साथै परिचय पत्र भएपनि छुट नदिने गरेको बताएका छन । एन.ए.बि.पी. प्रमुख हरी शरण विष्टले गणतन्त्र आईसक्दा पनि भेदभाव नहटेको भन्दै दुख व्यक्त गर्नुभयो । उहााले यसतर्फ सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल नेत्रहिन संघ पूनस्थापना कार्यक्रमको सहयोगमा बर्दिया नेत्रहिन संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघका निर्देशक अमृत राईले समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म भएका नीति नियम कार्यान्वयन हुन नसकेको बताउनु भयो । कार्यक्रममा स्थानीय विकास अधिकारी शिव प्रसाद रेग्मीले बर्दिया नेत्रहिन संघालाई सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयोजक जित बहादुर विश्वकर्माले बर्दियामा नेत्रहिनले गर्दै आईरहेका विभिन्न क्रियाकलापको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष चिन्तामणी कडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top