आम्दानीको श्रोत बन्दै मौरीपालन व्यवसाय
पछिल्लो समय इलामका किसानहरु मौरी पालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् । मौरीपालन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने श्रोत र साधन उपलब्ध गराउन इलाममा श्रोत केन्द्रको स्थापना भएपछि किसानहरु मौरी पालन व्यवसायप्रति आकर्षित भएका हुन् ।
जिल्लाका ग्रामीण क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा मौरीपालन गरी मह उत्पादनबाट राम्रो आम्दानी समेत लिईरहेका छन् । जिर्मले–२ का देवराज खनालले यस वर्ष मह बिक्रीबाट २४ हजार रुपैयाा आम्दानी गरेको बताए । कम लागतमा नै सजिलै व्यवसाय गर्न सकिने भएकाले आफूले पनि आधुनिक घारमा मौरी पाल्न सुरु गरेको उनको भनाई छ । ‘अन्य व्यवसायजस्तो मेहनत र धेरै समय खर्चनु पर्दैन । मह बेच्न बजारसम्म लैजाने झन्झट पनि पर्दैन’ उनले भने ‘घरैबाट प्रतिकिलो छ सयका दरले बिक्री हुन्छ । यसैले मेरो सामान्य घरायसी खर्च धानेको छ ।’
पाँच बर्ष पहिले आधुनिक घारबाट मौरी पाल्न सुरु गरेका खनालले अहिले पााचवटा आधुनिक घारमा मौरी पालेका छन् । मह उत्पादनका लागि शुरुमा र बर्षा याममा सामान्य कठिनाई हुने भएपनि पछि राम्रो दाम पाईने भएकाले अन्य व्यवसायभन्दा यो व्यवसाय बढी भरपर्दो रहेको खनालको अनुभव छ ।
मह उत्पादनका लागि अहिले इलाम नगरपालिकासहित जिर्मले, समाल्बुङ्ग, श्रीअन्तु, सिद्धिथुम्का, माइपोखरी, सुम्बेकलगायतका एक दर्जन गाविसमा व्यवसायिक रुपमा आधुनिक घारबाट मौरी पालन गरिँदै आएको छ । यहााका किसानले सेरेना प्रजातिको मौरी पालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
आफैले बनाएको परम्परागत घारबाट मौरीपालन गर्दै आएका उनहिरु अहिले आधुनिक घारमा पालन गरी मह उत्पादन गरेर व्यासायिक बन्दै गएका छन् । मह बिक्रीका लागि बजारको समस्या नभएपछि किसानले पुराना घार विस्थापित गरी आधुनिक घारमा मह उत्पादन गनै थालेका हुन् । आधुनिक घारमा मौरी पालनका लागि विभिन्न संघसंस्थाले तालिम प्रदान गरेपछि उनीहरुले यतिबेला घरमै बसीबसी आम्दानी लिँदै आएका हुन् ।
महको मूल्य राम्रो पाएपछि एक किसानले एक सय घारसम्म मौरी पालन गर्दै आएका छन् । मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गोदावरी मौरी श्रोत केन्द्र र गैरसरकारी संस्थाले किसानलाई तालिम प्रदान गर्दै आएका छन् । तालिमपछि किसानले एक घारबाट सिजनमा तीन सय किलोसम्म मह उत्पादन गर्दै आएको गोदावरी मौरी श्रोत केन्द्र इलामले जनाएको छ ।
२०६१ सालमा स्थापना भएको श्रोत केन्द्रको प्राविधिक सहयोगमा मौरीपालन सम्बन्धी पााचथर र ताप्लेनुङ्गमा समेत विभिन्न तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

Post a Comment