नेपालमा ८६ प्रतिशत किशोर किशोरीले परिवारका साधन प्रयोग नगर्ने पाइएको छ । असुरक्षित यौनसम्पर्क गर्दा किशोरावस्थामा नै आमा बन्ने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसरा नेपालमा अहिले पनि १५ देखि १९ वर्षसम्म १७ प्रतिशत महिना किशोरावस्थामा नै गर्भवती हुने गरेका छन् । मन्त्रालयलले बालविवाहको सिकार विशेषतः अशिक्षित, गरिब र ग्रामीण किशोरी पर्ने गरेको बताएको छ । मन्त्रालयअन्तगर्तको जनसंख्या महाशाखाले गरेको एक अध्ययनअनुसार २० देखि २४ वर्ष उमेर समूहका ग्रामीण क्षेत्रका महिला सहरमा बस्ने महिलाभन्दा झन्डै डेढ गुणा बढीले १८ वर्षअगाडी नै विवाहित हुन गरेको पाइएको छ । सोही अध्ययनले नेपालमा जन्मने हेरक एक हजार शिशुमध्धे ८१ जना शिशु किशोरी आमाबाट जन्मने गरेको देखाएको छ । त्यसैगरी, सोही अध्ययनले गत वर्ष सरकारी स्वास्थ्य संस्थामा मात्र गर्भपतन गराउने संख्या ९५ हजार रहेको र तीमध्धे २५ प्रतिशत किशोरी भएको उल्लेख गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment