0

आमा खोज्दै सामाजिक संजालमा दिपक

dvnksnत्रिलोचन कोइराला, युएई – काठमाडौं मनामैजूका दीपक पौडेल लक्ष्मी मन,भावना अनि तन देखी नै आमा खोज्दै छन। आफनै आगनी बाट हराएकी बर्षौ देखि खोजि गरेकि लक्ष्मी  कतै भेटन सकेका छैनन । हराएकी लक्ष्मी खोज्दै गर्दा   दीपकले  धनकी लक्ष्मी त धेरै पाए तर आफनै आगनी बाट हराएकी ममताकी लक्ष्मी चै बर्षौ देखि पाएका छैनन । दीपकले आफैलाई नौ महिना कोखमा बोकेकी ममताकी खानि आमा लक्ष्मीलाई खोजेको पाच बर्ष भयो ।
बिहानै घरबाट सामान्य पहिरनमा निस्किएको आमा लक्ष्मीलाई कता पुगिन के गर्दै छिन कहाँ छिन कसैलाई पत्तो छैन । सुनसान बिहानीमा सामान्य पहिरन लगाएर छिमेकीको घर तर्फ लागेकी आमा लक्ष्मी पाच बर्ष बितिसक्दा पनि फर्किएकी छैनन् ।
सन्तानको माया संसार भरिनै धेरै लाग्छ । त्यसैले उनका सन्तानको उनले पनि माया गर्छिन भनेर उनका सन्तानले निरन्तर आफनी आमाको पर्खाइ गरि रहेछन आमा फर्किएर आउने आशामा । एक दसक देखि युएइमा रहेका दीपक दुई बहिनीको सहयोगमा नेपालका अधिकांश मठ मन्दिर शहर बस्ति खोजि  गरिरहेका छन, आमा पाउने आशामा आज मरुभूमि देश युएई बाट सामाजिक संजाल बाट आमाको खोजि गरिरहेका छन । दिपक संजालबाट नै आमालाई फर्किएर आउँ आग्रह गर्दछन् ।
पहिला पनि उनले नेपालका अधिकांश अखबारहरुमा आमा खोजेकै हुन । शरीरमा लगाएको कपडा भन्दा बाँकि केहि थिएन । आज सम्म मेरी आमा  के खाएर बाँचेकी होलीन, त्यो लुगा पनि थोत्रो भो होला उनले भनि रहँदा मरुभुमीको तातो बोकेको तापले उनको अनुहार बाट तरक्कै पसिना चुहियो र आँखाबाट बगेको आँशुमा मिसियो । हरेक दिन, हरेक रात आँशु र पसिनाको मिलन भए पनि आमा छोराको  मिलन आज सम्म भएको छैन ।
नाम चलेका धामी र ज्योतीषी कहाँ पनि पुगे उनी, आमाको खुटपत्तो लागेन । बरुले केहिले पश्चिम लागेकी छे भन्ने जोखाना सम्म हेरे ।
आमा  भेट्ने आशा उनका लागि मरुभूमीको बालुमा देखिने मिराज जस्तै भएको छ, जति नजिक गयो उत्ती टाढा भाग्ने मिराज । त्यहि मिराजबाट प्यास मेट्ने हुरी जस्तै उनी दौडि रहेका छन, आमालाई पाउने आशामा कहिले सामाजिक संजाल प्रयोग गर्छन त् कहिले संचारम माद्यम  त कहिले भेटने सबैलाई आफ्नु मनको कुरा खोल्छन ।

Post a Comment

 
Top