गुगलले बनाउँदैछ कुकुरलाई चश्मा
न्युयोर्क पोष्टको समाचार अनुसार यसका लागि गुगलले जर्जिया इन्स्िटच्युट अफ टेक्नोलोजीसाग सहकार्य गरेको छ । यो चश्मा लगाएपछि खानतलासीको काममा खटाइने स्निफर कुकुरहरुलाई सहयोग पुग्नेछ र उनीहरुले अनुसन्धान अधिकारीलाई थप जानकारी दिन सक्षम हुने बताइएको छ । यसको माध्यमबाट मानिसले समेत कुकुरको आाखाबाट विश्वलाई हेर्न सक्ने गुगलको दाबी छ ।
फिडो नाम दिइएको यो परियोजना अन्तरगत निर्माण गरिने चश्माको माध्यमबाट खानतलासीमा खटिने कुकुर र कुकुरसागै रहेका अनुसन्धान कर्मचारीबीचको संचार झनै सहज हुनेछ । यो चश्मा पहिरिएपछि कुकुरका लागि खानतलासी झनै सहज हुनेछ र उसले खानतलासीको बेला देख्ने प्रतिबन्धित वस्तुको जानकारी पाउने बित्तिकै सेन्सरको माध्यमबाट अनुसन्धान कर्मचारीलाई जानकारी दिन सक्नेछ ।
अर्को वर्षसम्ममा यो कुकुरको चश्मा बजारमा ल्याउने योजना गुगलको रहेको छ
Post a Comment