वैज्ञानिकले बनाए पिसाबबाट चल्ने मोबाइल
अब मोबाइल फोन बोक्नेले आफ्नै पिसाबबाट मोबाइल चार्ज गर्न पाउनेछन् । बेलायतको बि्रस्टोल रोबोटिक्स ल्याबोरेटरीका वैज्ञानिकहरुले पिसाबबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेको र विश्वकै पहिलो पिसाबबाट चल्ने मोबाइल फोन (माइक्रोबियल फ्युल सेल्स पावर्ड मोबाइल फोन) को आविष्कार गरेको दाबी गरेका हुन् ।
पिसाबबाट चल्ने मोबाइल फोन भन्ने कुरा झ्वाट्ट सुन्दा जो कोहीले सुरुमा घिनले नाक थुन्ने भएपनि खेर जाने तथा फोहोर वस्तुबाट उर्जा निकालेर मोबाइल फोन चलाउने विषय गौरवको विषय रहेको वैज्ञानिकहरुको भनाइ छ ।
यो पछिल्लो आविष्कारको समाचार बेलायतको रोयल सोसाइटी अफ केमेस्ट्री जर्नलमा छापिएको छ ।पिसाबबाट चल्ने मोबाइल फोनको आविष्कार गर्ने टोलीका एक सदस्य समेत रहेका बेलायतको वेष्ट इंगल्याण्ड विश्वविद्यालयका प्राध्यापक डाक्टर इयोआनिस लेरोपलस जो विभिन्न अनौठा श्रोतबाट उर्जा निकाल्ने विषयमा नाम कहलिएका छन्, उनले यो मोबाइल फोन पिसाबबाट चल्ने विश्वको पहिलो मोबाइल फोन भएको दाबी गरेका छन् । अहिलेसम्म कसैले पनि पिसाबबाट उर्जा निकाल्ने विधि पत्ता नलगाएकाले आफुहरुको आविष्कार निकै उत्साहजनक आविष्कार रहेको उनको भनाइ छ ।
Post a Comment