0

महिला हिंसाका अधिकांश घटना गुपचुप

861693_10200704508805377_132719256_n
संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राई वा त्यहि पार्टीका अर्का नेता आङकाजी शेर्पाका कुरा सुन्ने मन थियो । मनमा धेरै जिज्ञासा किन थिए भने यि नेताका कुरा उति सुन्न पाइएको थिएन । आङकाजी शेर्पासित त बेल्जियममा राम्रै गफगाफ र अन्तर्वार्तानै गरियो । अशोक राई पार्टी अध्यक्ष । बामपन्थी आन्दोलनमा लामो समय लागेका । नयाँ पार्टीको औचित्य, त्यसका दिशा, अबको बाटो, यसले परिकल्पना गरेको नेपाल । जान्न मन थियो । कार्यक्रम राख्नु परो लौ न लौ भन्दै आग्रह गर्ने साथीहरु निकै थिए । ‘लौ न लौ कुरा सुनौं, सुनाउँ’ भनेर पेरिसमा राख्न त खोजियो । तर अशोक राईलाई मिल्ने दिन हाम्रा नेपाली चेलीको कार्यक्रमसित जुध्ने भो । मार्च १० का दिन नेपाली महिलाहरुको संस्था पाकोफेनलेपनि त्यहि दिन नेपालमा महिला हिंसा संवन्धि छलफल राखेको । महिला कार्यक्रममा नेतालाई ल्याएर बोल्न दिएको भन्ने आरोप लाग्ने । अर्को कुरो बोल्न दियो हाम्रा नेतालेपनि भुई छोडेर आफ्नै पार्टीका बकबास सुनाउने ।
861809_10200705088699874_396752432_n (1)
पाकोफेनसित समझदारि गरियो ‘ल एकै थलोमा कार्यक्रम गरौं । पहिले अन्तर्राष्ट्रिय महिला दिवसमा मात्रै केन्द्रित हुने । अशोक राईलाइपनि त्यहि विषयमा केन्द्रित हुन भन्ने । त्यो एक चरणको कार्यक्रम सकिएपछि राजनितिक छलफल राख्ने दोस्रो चरणको । कार्यक्रममा नेपालका विविध विषयमा केहि पुस्तक लेखिसकेका प्रसिद्द फ्रान्सेली मानव शास्त्री जेरार्ड तोफाँलाई मुख्य अतिथि बनाएर नेपालमा महिला हिंसा संवन्धि उनका अनुभव सुन्ने र अशोक राईलाई विशेष अतिथि बनाएर उनका ज्ञान सुन्ने ।
Ashok-Rai-programme-paris- 008
अशोक राई त्यसै दिन भियना हुँदै आउँदै रहेछन् । साथीहरुको आग्रहमा मै गएँ विमानस्थल उनलाई लिन । साथमा थिए, एन आर एनको राजनितिमा लामै समय देखि लागेर अहिले संघिय समाजवादी पार्टीको युरोपका संयोजक बनेका पिजी शेर्पा ।
862041_10200705087779851_1327153983_n
नेपाली नेताले धेरै पटक यस्ता कार्यक्रममा सहमती तोड्ने र आफ्नै पार्टीका डम्फु बजाएर वाक्क लगाउने गरिसकेको अनुभव थियो । त्यसैले अशोक राईलाई मैले ‘दाई कार्यक्रम यस्तो हुँदै छ । यस्तो छ सहमती । अन्तर्राष्ट्रिय महिला दिवसमै केन्द्रित बन्नुपर्ला’ भनेर सम्झाएँ ।
Ashok-Rai-programme-paris- 002
हामी कार्यक्रम शुरु हुने सुरसार नहुँदै पुग्यौं । पाकोफेनकि पूर्व अध्यक्ष सुमित्रा प्रधान दिदीले आफ्नै घरको हलमा त्यो स्थान ब्यवस्था गरिन् । कार्यक्रम शुरु भयो । अशोक राईले भुइँ छोडेर आफ्नो पार्टीको बखान कहन लाग्लान् र मैले भक्कु गाली खाउँला भन्ने त्रास बाँकि थियो । सुस्त, शालिन र भद्र भएर प्रस्तुत भए अशोक राई । ‘आज हाम्रा नेपाली महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै हुनुहुन्छ । यो तपाईहरुको यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई विशेष अतिथिका रुपमा निम्ता दिनु भएकामा म आभारि छु । त्यसैले यस्तो साझा र महत्वपूर्ण विशयमा तपाईहरुका बिच सहभागि हुन पाउनुनै मेरालागि अवशर हो । त्यसैले म पार्टीको राजनितिक विषयमा प्रवेश गर्दिन । नारी अधिकार र अन्तर् राष्ट्रिय नारी दिवसमै केन्द्रित रहने छु।’ उनले आश्वस्त पारे । ढुक्क भयो ।
Ashok-Rai-programme-paris- 024804211_10200705086579821_1741645745_n
उनले नेपालमा थुप्रै महिला हिंसा हुने गरेको । नेपाली महिलाहरु ठाउँ ठाउँमै प्रताडित हुने गरेको उल्लेख गरे । नारीहरुलाई सबल र सक्षम गराउनपनि वर्गिय मुक्ति हुनु पर्ने । देश र समाज आर्थिक र सामाजिक रुपमा सम्पन्न हुनु पर्ने । सामाजिक बिभेदहरुको अन्त्य हुनुपर्ने कुरामा जोड दिए । नेपालमा जति महिला हिंसा हुन्छ त्यसको तुलनामा नगण्य रुपमा मात्रै बाहिर आउने गरेको र भएका कानुनहरुपनि राम्रोसित कार्यान्वयनमा नआएको पनि उनले सुनाए । त्यससितै अन्तर्राष्ट्रिय नारी दिवसको महत्वको सानो चर्चा गर्न पनि भ्याए ।
804155_10200704509685399_1474935315_n
अतिथिको आसन ग्रहण भयो । शुरु भयो नेपालमा महिला हिंसा संवन्धि सानो द्रिष्य सहितको प्रदर्शन । नेपालमा महिलामाथि हिंसा हुनुका कारण केलाईन् अनुराधा पौडेलले । कानुन फितलो हुनुले वलात्कारी, अत्याचारीहरुलाई कारवाहीको दायरामा नल्याउनु । उच्च राजनितिक र प्रशासनिक पहुँचले गर्दा अपराधी उम्कनु । आर्थिक कारणले त्यस्ता घटना हुनु । महिला भएकै कारणले गर्दा संस्कारगत कारणलेपनि हुनु । अशिक्षा र महिलाले आफ्ना अधिकार नबुझ्नु । कानुनको पालना नहुनु । अनेक अनेक । त्यसबाट के कसरि सहयोग पाउन सकिन्छ भन्नेपनि केलाईयो । नेपालमा महिला हिंसा र महिलामथि हुने अत्याचारका घटना सामाजिक कारणले, सुरक्षाका कारणले र भविष्यमा झन अपहेलित भएर बस्नु पर्ने भयले गर्दा ९० प्रतिशत जति बाहिर आउने नगरेको उल्लेख गरियो ।
Ashok-Rai-programme-paris- 020
कार्यक्रमकी सञ्चालक पाकोफेनकि अध्यक्ष जिता कटुवालले ‘साना साना वालिकाहरुपनि बलात्कारमा परेको र कानुनको फितलो कार्यान्वयन र अपराधीलाई दण्डको बलियो ब्यवस्था नहुँदा अपराधीहरु उम्किने गरेको उल्लेख गरिन् । संस्थाकि पूर्व अध्यक्ष सुमित्रा प्रधानले महिला हक र अधिकारका महिलाहरुनै उठ्नु पर्ने, आफ्ना अधिकार लडेर लिनुपर्ने र अधिकार पाइएन भनेर कमजोर मनस्थितिमा बस्न नहुने कुरामा जोड दिईन ।
महिला हक र अधिकार बारे चर्चा गर्दा ‘महिलाले लुंगी र सारीको साटो सर्ट प्यान्ट लगाउन पाएकोले अधिकार पाएको, नेपाली महिला सबल र सक्षम भएको, शिक्षामा अगाडि बढेको भनेर त्यसैलाई महिला अधिकारका रुपमा कमजोर चित्रण गर्नेपनि थिए ।
862353_10200705093379991_256333427_n
यि नेपालीका कुरा सुनिसकेपछि मानव शास्त्री जेरार्ड तोफाँले नेपालको चित्रण गरे । आफुले बिगत ४० वर्षदेखि नेपालको अध्ययन र अनुसन्धान गरेको बताए । पहिलेको तुलनामा नेपालमा अहिले महिलाहरु शिक्षा, स्वास्थ्य र रोजगारमा निकै अगाडि बढेपनि नेपालमा महिला हिंसा प्रशस्तै हुने गरेको सुनाए । उनलेपनि धेरै घटनाहरु समाजमै बाहिर आउने नगरेको उल्लेख गरे । शिक्षा सबैलाई बराबरी भनेर मात्रै नहुने बरु त्यसका लागि सहि निति र त्यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्ने कुरामा जोड दिए । महिला माथिको हिंसा फ्रान्स, जर्मनी, बेलायत, अमेरिका जस्ता सम्पन्न, मानव अधिकारको उच्च सम्मान गरिने भनिएका मुलुकमापनि प्रशस्तै हुने गरेको सुनाईयो ।
नेपालमा त्यस्तो आपत बिपतमा परेका महिलाहरुलाई के कसरि कस्तो सहयोग गर्न सकिन्छ ? बिदेशमा अलि बढि अवशर लिएर बसेका महिलाहरुले के गर्न सक्छन् ? कस्तो मानविय सहयोग गर्न सक्छन् भन्ने विषयमापनि छलफल भयो । सहभागिहरु कमै होलान् भन्ने सोचेर ठाउँपनि सानै ब्यवस्था गरिएको थियो । तर मानिसहरु खचाखच भरिए । सबैले ध्यान दिएर सुने । लामो समयपछि पाकोफेनले सफल र उपयोगि कार्यक्रम गर्‍यो । महिला कार्यक्रम सकिएपछि अशोक राईसितको राजनितिक अन्तर्क्रिया शुरु गरियो ।

Post a Comment

 
Top