कोप्ल्याक्क हुनबाट जोगिन ताल छोडेर नदीतिर
तर स्विडेन र स्विजरल्याण्डका अनुसन्धानकर्मीहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । जिवजन्तुहरु आहारा र मौसमको कारणले मात्रै होइन, अन्य जिवको मुखमा पर्नबाट बच्नपनि बसाईसराई गर्छन् भन्ने तथ्य अनुसन्धान गरेरै प्रमाणित गरिदिएका छन् ।
यो तथ्य पत्ता लगाउन उनीहरुले दुई हजार भन्दा धेरै माछामा बुद्दुतिय चिप्स भएको फुर्को लगाएर डेनमार्कका दुई तालमा छोडिदिए । त्यसपछि चार वर्षसम्म टेलिमेट्री अर्थात रिमोटको माध्यमले तिनको आवत जावत र बानी ब्यवहार अनुसन्धान गरे । तिनले माछाहरु आवतजावत गर्दा वा यात्रा गर्दा अपनाउने रणनिति र अक्किलहरुकोपनि निगरानी गरे । जलकौवाहरुले माछा समात्न जाँदा अपनाउने तरिका, जलकौवाहरुले लखेट्ने तरिका, घेराबन्दि गर्ने चलाखी र जलकौवाहरुदेखेपछि वा तिनको चहलपहल थाह पाएपछि माछाहरुले देखाउने क्रियाकलापको अवलोकन गरे । माछाहरुले अपनाउने फरक फरक ढंगको बसाई सराईको तरिकापनि हेरे ।
रोस भनिने माछाहरु तिनले छानेका थिए । किनभने यि माछा तलाउबाट नदी र खोलातिर बसाई सर्छन् । अनुसन्धानकर्मीहरुले जलकौवाले निलेका माछापनि जिवितै निकालेर अनुसन्धान गरेका थिए । जलकौवाहरुको घँटीमा थैलो हुन्छ । माछा समातेपछि तिनले त्यहि थैलामा जम्मा पार्छन् । बैज्ञानिकहरुले जलकौवाको थैलामा एक खाले बिर्को लगाए जसले गर्दा माछा पेटभित्र पस्न सक्दैन । ति चराको त्यो थैलाबाट जिवितै माछा झिकेरपनि अध्ययन गरे ।
जाडो याम जब लाग्छ तब चराहरुलाई आहारा समात्न गाह्रो हुन्छ । तब तिनलेपनि सजिलोसित माछा पाइने जलाशल, ताल र तलाउ धाउँछन् । किनभने समुद्रका माछा जाडोमा धेरै गहिराईमा जान्छन् र ति सुषुप्त अवस्थामा बस्छन् । त्यसैले जलकौवाहरु तलाउतिर सजिलो सित माछा खोज्दै आइपुग्छन् । यो कुरो माछाहरुलाई जानकारि हुन्छ । त्यसैले जब जलकौवाहरु तलाउतिर आउन थाल्छन् तब माछा चाहिँ नदी र खोलातिर जाने रहेछन् । यसरि तिनले जलकौवालाई छक्काउने रहेछन् बच्नकोलागि ।
टेक्निकल उनिभर्सिटी अफ डेनमार्कको रिपोर्टमा प्रमुख अनुसन्धानकर्मी क्रिस्चियन स्कोभले भनेका छन् “जाडो याममा ताल र तलाउबाट खोलातिर बसाई सरिदिँदा जलकौवाको आहारा बन्न सक्ने जोखिमबाट निकै छुट्कारा पाउने रहेछन् माछाहरुले । त्यस्तो जोखिम कति छिटो ताल छोडेर ति नदीतिर लाग्छन् भन्नेमा घटी वा बढि हुने गर्छ ।”
Post a Comment