चमेरा खोज्दै किन आए नेपाल ?
लुम्बीनीका पत्रकार सिद्दी भट्टराईले मसित एउटा चासो राखेपछि म झल्ल्याँस्स भएँ । उनले यि चमेराका बारेमा केहि उत्सुकता मसित राखेका थिए फेसबुकमा । उनका अनुसार आजकाल यस्ता चमेरा खोज्दै बिदेशीहरु लुम्बिनी, बुटवलतिर आउन थालेका छन् रे । ओहो, हाम्रो जैविक बिबिधताको शोषण गर्न गाउँगाउँ डुलेर हाम्रो प्राक्रितिक सम्पत्ती कौडीका भाउमा ठग्न पसेका गोरेहरु हेर्नुस् त । पहिले यि चमेराबारे अलिकति जान्नुस् र यि गोरे चमेरा खोज्दै किन आए नेपाल बुझ्नुस् है त ?
मेरो अनुमानमा ति चमेरालाई फ्लाईङ फक्स भन्छन् । तिनको अनुहार फ्याउराको जस्तो हुनाले त्यसो भनिएको हो । यि तुर्लुङ्ग झुन्डिँदा धेरैले त कुनै फल झुण्डिएको भनेर भ्रममापनि पर्ने गरेका छन् ।यि उडेपनि चरा होइनन् । बिज्ञानले यसै भन्छन् । स्तनधारी जिवलेझैं बच्चा पाउनाले यि उडेपनि स्तनधारे जिवमा पर्छन् । र यि चमेराले स्तन चुसाउँछन् । अनुहार त ठ्याक्कै फ्याउराकै जस्तो हुन्छ ।
यि चमेरा, धरान, चितवन, काठमाडौंको सल्लाघारी, सूर्यबिनायक, काठमाडौं राजदरबारको दरबारको पश्चिम ढोका (वा केशर महल पुस्तकालय पूर्वपट्टी), तानसेनमापनि पाइन्छन् । यिनीहरु रातमा (काठमाडौंका) धादिङसम्म पुग्छन् फलफूल खान । चिउरी साह्रै मन पराउँछन् । रुखमा यि फलफूल झैं तुनरुङ्ग्ग झुण्डिन्छन् । हाँगामा खुट्टा राखेपछि यिनले नंग्रालाई बटार्छन र त्यो नंग्रा बल्छी झैं बेरिन्छ । जुन चाबी लगाए जस्तो हुन्छ र नै यि खस्दैनन् । यिनिहरु त्यसै झुण्डिँदापनि शरिरको सबै भागमा रक्त संचार गर्न सक्छन् ।
अर्को कुरा लाटा मानिसहरुलाई कुनै अक्किल निकाल्न सकिन्छ कि भनेरपनि हुनसक्छ । किनकि यि चमेराले क्वाईक्क गर्दै आवाज दिन्छन् र त्यहि आवाज सुनेर उड्ने गर्छन् । हाम्रा गाउँघरमा मुसुक्क हाँस्दै अनुसन्धान गर्ने भनेर आउने गोरेहरु सबै असल हुँदैनन् । चमेरा लगायत यस्ता जिव ओसारेर ठग्न आउँछन् । होसियार हुनुस् र सतर्क गराउनुस् है ? यि चमेरा पाइने ठाउँका मानिसलाईपनि सचेत गराउनुस् है त ?
गोरेहरु मुसुक्क हाँसेपछि हामीलाई ज्यानै दिउँ झैं लाग्छ । शरिरै सुम्पिदिउँ झै गर्छौं । तिनले मागेका झारपात र साना जिवजन्तु सजिलै आफैंले खोजि खोजि दिन्छौं । तर यि गोरा अनेक जालझेल बुनेर नेपाल आउँछन् । नेपालीहरुको सोझोपन र ईमान्दारिता अनि अभावलाई दुरुपयोग गर्छन् । सोझा गाउँलेका घरमा बस्छन् । त्यहिँ कौडीका भरमा खान्छन् । घुलमिल भएझैं गरेर नाटक गर्छन् । अनि हामी नेपालीलाई जानकारि नभएका यस्तै प्राक्रितिक र अन्य वस्तु लैजान्छन् । तिनलाई आफ्नो देशमा लगेर हजारौंमा बेचेर धनाढ्य बन्छन् । कि त नाम कमाउँछन् । कि नेपालको सम्पत्ती उहिँ उत्पादन गरेर आफ्नै सम्पत्तीका रुपमा दर्ता गर्छन् । हाम्रा जिवजन्तुमाथि यातना दिएर अनुसन्धान गर्ने । नाम कमाउने । औषधी पत्ता लगाउने गर्छन् । त्यसैले हाम्रो गाउँघरमा अनेक चिज वा जुनसुकै चिज खोज्दै आउने गोरे किन नहोउन् निगरानी गर्नुस् है ? मुसुक्क हाँसेका भरमा मागेको जेपनि दिने नगर्नुस् ।
Post a Comment