0

आर्काको भाग नखोस्ने चरा

gannets
गिद्दहरु हेर्नुस् त, सिनोमा कसरि झुम्मिन्छन् । एउटाले तानेको मासु अरुले कस्तरि तान्छन् । काग त्यस्तै हुन्छन् । कुखुरा, हाँस सबैले लुछचुँडी गरेको देखिन्छ । तर बेलायतमा यस्ता चरा भेटिए तिनले आर्काको भाग नखोस्ने रहेछन् । अर्थात् समुद्रमा आफ्नै छेउमा रहेको छिमेकिको आहारा खानुभन्दा सयौं किमी टाढा पुगेर आहार खोज्ने रहेछन् । गानेट भनेर चिनिने समुद्री चराहरुले आफ्नो छिमेकी, साथीले देखोस् कि नदेखोस् तिनले आफ्नो छिमेकीको आहारा टिप्दैनन् । आफ्नो क्षेत्रमा आहार सिद्दिए बरु ति सयौं किमी पर गएर आहारा खोज्ने रहेछन् ।
यि चरामा अचम्म के भने आफ्नो वासस्थान कोहि आयो भने यिनले डटेर मुकाबिला गर्छन् । आफु बसेको ठाउँ वरिपरि आउँनै दिँदैनन् । यि चराको वासस्थानको क्षेत्रफलपनि ठूलो हुन्छ । किनकि यिनलाई धेरै चाहिन्छ माछा । हरेकले धेरैनै ठाउँ ओगटेका हुन्छन् । तर आफ्नो क्षेत्रको माछा अरु कुनै छिमेकीले लग्यो, टिप्यो भने वास्ता गर्दैनन् । तर यि चरा आहाराको विषयमा कति ईमान्दार हुने रहेछन् भने आफ्नो क्षेत्रमा माछा सकिए । छिमेकिकोमा बग्रेल्ति छन् भनेपनि त्यसलाई नचलाउने । चोरचार गरेर, आर्काको आँखा छलेर नखाने । बरु सय दुई सय किमी पर जाने रहेछन् आहारा खोज्दै ।
यो तथ्य पता लगाएका हुन् बेलायतको लिड्स र एक्जेटर विश्व बिध्यालयका अनुसन्धानकर्मीहरुले । उनीहरुले बेलायतको समुद्री किनारमा ठूलो समूहमा अड्डा जमाएर बसेका नोर्दन गानेट भनिने यि चराको गतिबिधी अवलोकन गरेर यो तथ्य पता लगाएका हुन् ।  तिनिहरुको अनुसन्धानको तथ्य बैज्ञानिकहरुको विश्व प्रसिद्द पत्रीका द साईन्सले सार्वजनिक गरेको हो ।
अनुसन्धानका अनुसार गानेट चराले समुद्रमा यहाँसम्म मेरो क्षेत्र हो भनेर चिन्ह लगाउने, देखाउने वा अरुलाई लखेट्ने गर्दैनन् । ति बसेको ठाउँ (पाखा वा टापू) बाहेक अन्यत्र जहाँ जहाँ जसले आहारा समातेपनि वास्ता हुन्न । तर यि चार आफैं यति इमान्दार बन्छन् कि छिमेकी बसेको वरिपरिको पानीमा जतिसुकै आहारा पाइयोस् आफ्नोमा संकट परोस् टिपेर खाँदैनन् । बरु परै खोज्दै हिँड्छन् । कमिलाहरुले आफ्नो क्षेत्र वरिपरि अन्य समूहका कमिला आएर चर्न थालेभने बितण्डा मच्चाउँछन् । त्यहाँ लडाई शुरु भैहाल्छ । तर यि चरामा त्यस्तो हुन्न । यो खोजमा संलग्न अनुसन्धानदाताहरुले यसले जिवजन्तुको आहारा बारे नयाँ ढंगले अनुसन्धान गर्नुपर्ने खाँचोलाई संकेत गरेको औंल्याए ।
फ्रान्स, बेलायत र आयरल्याण्डका कम्तिमा १४ वटा अनुसन्धानकर्मी संस्थाका विशेषज्ञहरु मिलेर बेलायतको समुद्री तटमा गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । ति अनुसन्धानकर्मीले कम्तिमा दुई सय नोर्दन गानेटहरुमाथि अनुसन्धान गरेका थिए ।फोटो- गिल्बेदोस्तोक फोतोलिया

Post a Comment

 
Top