इजरायलमा सिकेर गाउँमै खेती
२७ साउन,
इजरायलको अरावा प्रान्तस्थित अराबा इन्टरनेश्नल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आउका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेँडा उत्पादन गरिरहेका छन् । सुख्खा मरुभूमिमा इजरायलीले भिजाएको पसिनावाट उत्पादित बस्तु युरोपका बजारमा निर्यात गरी मनग्गे आम्दानी गरेको प्रत्यक्ष देखेका उनी आफ्नै आँगनमा सीप तिखार्दै छन् ।
स्वदेश फर्कनासाथ उनले आफ्नै जमिनमा तीवटा प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी गोलभेँडा लगाएका छन् । यतिबेला उत्पादन सुरु भएको गोलभेँडाको बजार भाउ पनि राम्रो रहेको उनी बताउँछन् । आजको नागरिक दैनिकले समाचार छापेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्रि गर्दै आएका उनले बेमौसमी उत्पादन गर्न सके कृषिबाटै मनग्गे आम्दानी यिलन सकिने बताउँछन् ।
खुला आकाशमुनी लगाइएको गोलभेँडा प्रति बोट ३ देखि ५ किलोमात्र उत्पादन हुन्छ भने प्लाष्टिक टनेभित्र कम्तीमा १० किलो उत्पादन हुने गरेको उनी बताउँछन् । इजरायली दूतावासको समन्वयमा दुई बर्षअघि आइक्याटमा कृषि अध्ययन गर्न गउका उनी फर्किएपछि पाएको ज्ञानलाई ब्यवहारमा उतार्दैछन् । उनी इजरायल जानुअघि कृषि पेसामै थिए ।

Post a Comment