Latest News

0

श्रीमानले ३० लाख खाएर भागे, नायिका अरुणिमा लम्साल फोन समेत उठाउन छाडेकी छिन्

नायिका अरुणिमा लम्साल यतिखेर तनावमा छिन् । उही तनावमा रहनुका कारण उनका भ्रष्ट पति अमृत अर्याल । हाल एक प्रतिष्ठित फाइनान्सका सिईओ रहेका अर्यालले ऋण प्रवाहमा एउटै ग्राहकसंग ३० लाख खाइदिएपछि फरार हुनु परेको हो ।
उनी फरार भए पनि दुःख भने अरुणिमाले पाइरहेकी छिन् । फाइनान्सका सञ्चालकले पनि पाउनु दुःख पाएका छन् । विनोद खड्का भन्ने व्यक्तिले मुलपानीको घरजग्गालाई दिएको बैना रकम र अमृतले खाएको कमिशन रकम समेत असुल उपर गरि पाउँ भन्दै हनुमान ढोकामा उजुरी गरेपछि अरुणिमा लम्सालका श्रीमानको पोल खुलेको हो ।
प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाउन खोजे पनि अमृत अर्याल भने फरार रहेका छन् । चितवनका वासिन्दा दिनेश कोइरालाको मुलपानीमा रहेको जग्गा धितो राखी ऋण निकालिएको थियो । ऋण तिर्न नसक्दा सो जग्गा लिलामी परिसकेको छ र अर्कैले किनिसकेका छन् । तर अर्यालले भने खड्गीसंग सो मिलाइदिन्छु भनि बैना लिएका थिए ।
बताइए अनुसार अरुणिमा पतिले खड्कीसंग त्यो जग्गा मिलाइदिन्छु भनि ३० लाख कमिसन पनि खाएका थिए । विनोद खड्काले हाल बैना रकम र कमिशन रकम दुबै फिर्ता माग्दै उजुरी गरेका हुन् । यसबाट अरुणिमाले टेन्सन भएर फोन समेत उठाउन छाडेकी छिन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top