नेपालमा कस्ता–कस्ता सर्प ?
आज नागपञ्चमी । घरको मूलढोकामा नाग अर्थात सर्पको चित्र टाँसेर नागको पूजा गरिन्छ ।
यसरी पूजा गर्दा सर्पको डर नहुने जनविश्वास छ । तर जीवशास्त्रीहरुका अनुसार सर्पले मान्छेलाई सिधै आक्रमण गर्दैन । सबै सर्प विषालु पनि हुँदैनन् ।
विश्वमा पाइने झण्डै तीनहजार प्रजातिका सर्पमध्ये ७ सय प्रजातिका मात्रै विषालु हुन्छन् । यस्तै नेपालमा ८० देखि ९० प्रजातिका सर्प पाइनेमा २० प्रजातिका मात्रै विषालु रहेका जीवशास्त्री डा मुकेशकुमार चालिसेले जानकारी दिनुभयो ।
अहिलेसम्मको अनुसन्धान अनुसार अजिंगर सबैभन्दा ठूलो सर्प हो । अजिंगरसँगै संसारको सर्वाधिक विषालु सर्प राजगोमन पनि नेपालमा पाइन्छ । अजिंगर ६–७ मिटरसम्म लामो र तौल झण्डै एकसय किलोग्रामको हुन्छ ।![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tZqK0M4891r8AWnzuaL9UV_9enQ-7We28VLNKpbU1kXzJ6XLRCh-RSRf_zjeGSaeY2cjsa-EpG64PB7bSKdrwEqbufcsX5a49r7DWfD5-iNSw0onk55y9SqQ=s0-d)
तेलिया भन्ने साँप संसारको सबैभन्दा सानो सर्प मानिन्छ । झण्डै १५ सेन्टीमिटर जति लामो हुने यो सर्प गड्यौला जस्तो देखिन्छ । यो पनि नेपालमा पाइन्छ ।
कोब्रा, करेत र भाइपर (हरेउ) लाई सबैभन्दा बढी विषालु सर्प मानिन्छ । भाइपर पनि पहाडमा पाइने र तराईमा पाइने गरी दुईथरीको हुने जीवशास्त्री चालिसेले बताउनुभयो ।
उहाँका अनुसार कोब्रा र करेत पनि थरीथरीका हुन्छन् । मुसा खाने सर्प निकै ठूलो र लामो देखिएपनि यसले मानिसलाई हानी नपुर्याउने चालिसेले बताउनुभयो ।
Post a Comment