अनुकरणिय सफलता
![]() |
| एचबी भण्डारी |
नेपालदेखी १० हजार माइल टाढा आए पनि नेपाली मूलका मनुवाहरु लाई उतैको लुते राजनितिले छोड्न सके को छैन। ६ दशकको अबधिमा नेपालको रुप रेखा परिवर्तनको संकेत समेत दिन नसक्ने काङ्रेस र १ दर्जन भन्दा बढी कमरेडहरुको पार्टीहरुले बिकास त के राजनीतिक स्थाईत्व समेत दिन नसक्दा पनि त्यस्ता दृष्टिकोणहिन पार्टिहरुको पुच्छर बन्ने काम अमेरिका आउँदासम्म नछुट्नु दुनियाँका नजरमा घिनलाग्दो रहेपनी, नेताहरुले डाँका मार्दा पनि उनिहरुप्रती त्वम शरण रही तिनै गुह्य राजनीती अबलम्बन गर्ने काम कदापी टुटेन । गु र गोबर छुट्त्याउन नसक्ने नेपालीहरुको हुलमा एचबी भण्डारीको सफलता र शुरुवात अनुकरणिय छ । चाहे नेपाली मूलका मानिसहरु डेमोक्र्याटतिर लागुन वा रिपब्लिकनतिर कम्तिमा यि दुबै दलको भूमिका अमेरिकाको आँखा उघार्नमा महत्वबान छ ।
डेमोक्र्याटिक पार्टीको टेक्सासमा जारी युवा सम्मेलनमा नेपाली मूलका अमेरिकी युबा राजनीतिज्ञ एचबी भण्डारी अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिब पदमा निर्वाचित भएका छन् । गत बिहिबार सुरु भएको डेमोक्र्याटिक पार्टीको युवा सम्मेलनमा मेरील्याण्ड युबा डेमोक्र्याटको तर्फबाट युबा राजनीतिज्ञ एचबी भण्डारीले सम्मेलनमा प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरेका थिए । डेमोक्र्याटिक महिला संजालकी उपसभापति एवं भारतीय मुलकी अमेरिकी राजनीतिज्ञ मरिगा रावले एचबी भण्डारीलाई अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिब पदमा समर्थन गरेकी थिइन् । भण्डारीको पक्षमा मेरील्याण्डका डेमोक्र्याट मारिस सिम्प्सनले प्रस्ताव गरेका थिए । डेमोक्र्याटिक पार्टीको टेक्सासमा जारी युवा सम्मेलनमा अमेरिका भरिका डेमोक्र्याटिक पार्टीका युवा नेताहरु सहभागी रहेका छन् । एचबी भण्डारीका प्रतिद्वन्दी क्यालिफोर्नियाका युबा डेमोक्र्याट एबम क्षेत्रीय निर्देशक डेजोरा रहेका थिए । टेक्सासमा जारी युवा सम्मेलनमा अल्प संख्यक अमेरिकीहरुको मुद्दामा छलफल भएको थियो भने विभिन्न समुदाएको अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालहरुको नेतृत्व समेत चयन गरिएको थियो ।
डेमोक्र्याटिक पार्टीको टेक्सासमा जारी युवा सम्मेलन आज आइतबार टेक्सास घोषणा पत्र जारी गर्दै सम्पन्न हुदैछ । नेपाली मूलका अमेरिकीले अमेरिकी मुलधारको राजनीतिमा प्राप्त गरेको यो ठुलो सफलता हो । सम्मेलनमा अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालहरु ब्ल्याक ककस, हिस्पानिक ककस, एशियन अमेरिकन प्यासिफिक, नेटिव अमेरिकन र मध्य पूर्वको छाता संजालको रुपमा परिचित अल्पसंख्यक डेमोक्र्याटिक युवा संजालको सचिब पदमा निर्वाचित भण्डारीले निर्वाचित भए लगत्तै ‘नेपाली मूलका अमेरिकीहरुलाई अमेरिकी मुलधारको राजनीतिमा सामाजिकीकरण गर्ने यो अपूर्व अवसरलाई अधिकतम कोशिस गर्ने छु भनेका छन ।
अमेरिकामा बस्ने र् यहाँको नागरिक बनिसकेकाहरुले नेपालका सडे गलेका काङ्रेस, एमाले, माओवादी, मधेसबादी वा दरबारिया राजनीतीको पुच्छर बनेर पार्टिका नेताहरुको छहारि खोज्नु सभ्य मुलुकमा बसेर नाङगै हिंड्नु हो । बहुलाएका मात्रै नाङगै हिड्छन ।

Post a Comment