श्रीमती विदेशिएकाहरुको अस्तव्यस्त घर व्यवहार
जुठा भाडा अस्तव्यस्त, फोहोर आँगन, सरसामान नमिलाई राखेको इन्द्रबहादुरको घर देख्दा लाग्छ यहाँ कहिलेकहि मात्र मान्छे बस्न आउँछन्। टिनको छानो लगाएको घर, सोलार जडान भएको देख्दा भिन्न अनुभव हुन्छ। कोही त छ होला कमाउने त्यही भएर हावापानीबाट राम्रो ओतिएको छ। रातमा चहकिलो सोलार बल्छ। तर पनि केहि कमि महशुस भइरहेको थियो। सिकुवामा एउटा खटिया छ हामी त्यहाँ पुग्दा इन्द्रबहादुर त्यही खटियामा पल्टिरहेका थिए। हामी पुगेपछि जुरुक्क उठेर उनले बस्न आग्रह गर्दा अनुहार केही रातो भएको प्रष्ट देखिन्थ्यो। गफगाफको क्रममा को को हुनुहुन्छ घरमा भनेर प्रश्न गर्दा उनले २ छोराछारी र आफू भएको र श्रीमती विदेश गएको बताए।
आमा विदेश गएपछि आकाशमा जहाज उडेको देखेर आमा आउनुभयो भन्दै आँखाले भ्याउञ्जेल जहाज हेर्छन ३५ वर्षिय निरकुमारी परियारका छोराछोरी। उनी विदेशिएको यो तेस्रो पटक हो। कुवेतमा कसरी के काम गर्दैछिन श्रीमती त्यसमा समेत अनविज्ञ छन् उनका श्रीमान इन्द्रबहादुर परियार। जिवन गुजारा गर्न नै गाह्रो भएपछि विदेश जान्छु भन्ने श्रीमतीको आग्रह अस्विकार गर्न सकेनन् इन्द्रबहादुरले। उनी भन्छन “हुनत श्रीमती बाहिर गएर ल्याएको पैसाले पनि खास केहि गर्न सकिएन तर घरखर्च भने भइरहेको छ भन्नुपर्छ। श्रीमती विदेश गएपछि घर व्यवहार छोराछोरीलाई स्कुल पठाउनेदेखि हरेक काम आफै गर्दै आएको छु। यो पटक त विदेश नजा भन्दै घुर्कि लगाउदै २ दिन घर पनि छोडे तर विदेशिन बानि परेकालाई रोक्न नसकिदो रहेछ। घरमा काम गर्दा हरेक पटक श्रीमतीको याद आउछ। छोरा छोरीले पनि आमा नै खोज्छन बाबुले जति गरेपनि आमाको अभाव पूरा गर्न नसकिने रहेछ। ”
पछिल्लो पटक श्रावण १५ गते श्रीमतीलाई विदेश जान विदा गरेका इन्द्रबहादुर कहिलेको विदेश उडान हो श्रीमतीको त्यो समेत जानकार छैनन्। आफू जाउभने खर्च झन्नै डेढ लाख लाग्छ महिलाको लागि भने थोरै रकमले हुन्छ त्यसैले बाँदरझुलामा प्राय गरेर महिलाहरु विदेशिएको कुरा गर्छन इन्द्रबहादुर। २ वटी श्रीमती भएपनि एउटीले विदेश गएपछि छोडेकोले अर्कीलाई पहिलोपटक विदेश नजा भन्न सकिन भन्दै दुखेसो पोख्छन उनी। ५२ वर्षिय इन्द्रबहादुर अब भने आएपछि श्रीमतीलाई विदेश जान नदिने बताउछन्। उनले भनेँ “गाँउ समाजमा पनि कुरा काट्छन बाहिर गएर के काम गर्छे हामीलाई थाहा हुन्न भनेर। तरपनि विश्वासमा बसेको छु। यही दुःख गरेर पनि गरि खानु राम्रो रहेछ। ” पहिलोपटक विदेश जाँदा जग्गा बेचेर २५००० खर्चमा गएको तर दोश्रो पटक र अहिले भने आफ्नै खर्चमा गएकी हो तर कती खर्च लाग्यो थाहा नभएको बताउछन् इन्द्रबहादुर।
निरकुमारीले पहिलोपटक विदेश गएर आफ्नो ऋण तिरेर ९० हजार श्रीमानलाई पठाएकी थिइन। त्यो रकमबाट घर मर्मत गरेका थिए। दोश्रोपटक विदेश जाँदा ६५ हजार लिएर आएको र त्यसले सोलार जडान गरेर बाँकी ऋण तिरी घरखर्च चलाएको बताउछन् इन्द्रबहादुर। अब कसैले विदेश जाने सल्लाह माग्यो भने यही बसेर परिवारसँग दुःख सुख गुजारा गर्ने सल्लाह दिने बताउछन् इन्द्रबहादुर। जम्मा ६ छोरी र २ छोरामा उनको साथमा ४ कक्षामा पढदै गरेकी १ छोरी र ३ कक्षामा पढदै गरेका १ छोरा छन्।
अस्तव्यस्त व्यवहार
चितवनको अयोध्यापुरी बाँदरझुलामा २०६७ सालमा विदेशिएका महिलाहरुको संख्या थोरै थियो तर हाल ३ वर्षपछी त्यही स्थानमा विदेशिने महिलाको संख्यामा बृद्धि भएको देखिन्छ। ३ वर्ष अगाडीको तुलनामा अहिले पनि त्यहाँका बासिन्दाको जीवनस्तरमा कत्ति पनि परिवर्तन देखिदैन। आफ्नो पारिवारिक अवस्था सुधार गर्न महिलाहरु विदेशिएपछि घरको अवस्था अझ अस्तव्यस्त देखिन्छ। कुन एजेन्टले कसरी विदेश पठाएको छ त्यो समेत घरपरिवार अनविज्ञ छन्। ३ वर्ष विदेशमा गएर दुःख गरेको रकम जम्मा ९० हजार मात्र हुदाँ पारिवारिक विछोडको पिढा त छदैछ श्रम शोषण भएको कुराले अझ आश्चर्यमा पार्छ।
चितवनको अयोध्यापुरी बाँदरझुलामा २०६७ सालमा विदेशिएका महिलाहरुको संख्या थोरै थियो तर हाल ३ वर्षपछी त्यही स्थानमा विदेशिने महिलाको संख्यामा बृद्धि भएको देखिन्छ। ३ वर्ष अगाडीको तुलनामा अहिले पनि त्यहाँका बासिन्दाको जीवनस्तरमा कत्ति पनि परिवर्तन देखिदैन। आफ्नो पारिवारिक अवस्था सुधार गर्न महिलाहरु विदेशिएपछि घरको अवस्था अझ अस्तव्यस्त देखिन्छ। कुन एजेन्टले कसरी विदेश पठाएको छ त्यो समेत घरपरिवार अनविज्ञ छन्। ३ वर्ष विदेशमा गएर दुःख गरेको रकम जम्मा ९० हजार मात्र हुदाँ पारिवारिक विछोडको पिढा त छदैछ श्रम शोषण भएको कुराले अझ आश्चर्यमा पार्छ।
हिजोको तुलनामा आज विदेशिने महिलाको संख्या बढेर गएको छ। उनीहरुको स्वास्थ्य रगत परिक्षण गर्दा हालसम्म कुनै समस्या देखिएको छैन भन्छिन महिला संञ्जाल अध्यक्ष जमुना विक। यहाँका महिलाहरुको दुःखमा अझै खास परिवर्तन आएको पाइन्न। धेरै सन्तान जन्माउने महिलालाई स्थाई परिवार नियोजनको बारेमा कुरा गर्दा शरीर कमजोर हुने भन्दै बेवास्ता गर्ने बताउछिन जनस्वास्थ्यकी अनमी मधुमाया विक। अझैपनि यस स्थानमा सुकुम्बासी बस्ती भन्दै अपहेलनाको दृष्टिले हेरिन्छ भन्छन त्यहाँका स्थानीयहरु। के यस्ता बाँदरझुला जस्ता वस्तीहरुमा सरकारको ध्यान पुग्ला?
Post a Comment