0

मिन हराभरा पार्दै पाउलोनिया


featuredimg/1850paulownia-3-.jpg
खेती गर्ने जनशक्ति नपाएर जमिन बाँझै राख्नुपरेको छ ? अथवा घर वरपरको जमिनमा कुन विरुवा लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ? दीर्घकालीन रुपमा आम्दानी दिने खालको कुनै खेती गर्ने सोंचमा पो हुनुहुन्छ कि ? अव चिन्ता लिनै पर्दैन । किनकि पाउलोनियाले तपाइँका यी सबै समस्या समाधान गरिदिनेछ । चीनियाँ प्रोफेसर लु रोङ सेनले १९ वर्षअघि ललितपुरको गोदाबरीस्थित इसिमोडलाई उपहारस्वरुप प्रदान गरेको पाउलोनियाको अव व्यावसायिक रुपमै वृक्षरोपण गर्न सकिने भएको छ । 

समुन्द्री सतहदेखि २ हजार मिटर उचाइसम्मको पहाडी जमिनमा राम्ररी हुर्काउन सकिने पाउलोनियाका विरुवा उत्पादन गरेर नेपाल माइक्रोप्लान्ट प्रालिले बाँझो रहेका नेपालका जमिन हराभरा पार्ने अभियान थालेको छ । नेपालका केही किसानले यसअघि नै यसका विरुवा रोपिसके पनि सो कम्पनीले यस वर्षदेखि भने व्यावसायिक रुपमा पाउलोनिया रोप्न सक्ने गरी विरुवा उत्पादन गरेको छ ।

किटी वृक्ष, राजकुमारी वृक्ष र महारानी वृक्षका नामले समेत चिनिने पाउलोनिया अति तीव्र गतिमा बढ्ने रुख हो । चीन, जापान, कोरिया, अमेरिका,युरोप, अष्ट्रेलिया र न्युजिल्याण्डजस्ता देशमा सयौं वर्ष अघिदेखि यसको काठ प्रयोगमा आएको छ । माटो र हावापानी सुहाउँदो भए पनि प्रचारप्रसारको अभावमा नेपालको यसको विस्तार हुन सकिरहेको थिएन । तर, नेपाल माइक्रोप्लान्ट प्रालिले अहिले पाउलोनियाका विरुवा उत्पादन गरेर किसानलाई उपलव्ध गराउन थालेको छ ।

के हो त पाउलोनिया ? वनविज्ञ डा. नागेन्द्रप्रसाद यादवको लेख हामीले Paulownianepal.com बाट यहाँहरुसमक्ष प्रस्तुत गरेका छौं ।

परिचय

पाउलोनिया एउटा छिटो वढने जिनस हो यस अन्तर्गत १७ वटा प्रजातिहरु पर्दछ । यो पाउलोनिएसी परिवारमा पर्दछ । पाउलोनिया जिनस अन्तर्गत छिटो वढने प्रजाति मध्ये पाउलोनिया फोरचुनाई र टोमेन्टोसा पर्दछ । पाउलोनिया प्रजातिको मुख्य उद्गम स्थल चिनलाई मानिन्छ । यसको जापान, अमेरिका र एशियाको अन्य देशमा खेती भैरहेको छ । विश्वको विभिन्न देशमा पाउलोनिया पाइन्छ । जापान तथा कोरियामा पनि करिब एक हजार वर्ष पहिले र उन्नाइसौँ शताब्दीमा यो अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्याण्डसम्म पुग्यो ।

पाउलोनियालाई किटी वृक्ष, राजकुमारी वृक्ष र महारानी वृक्ष पनि भनिन्छ । पाउलानिया मध्ये टोमेन्टोसा प्रजाति धरै देशमा खेती गरिएको पाइन्छ । पाउलोनिया जिनस अन्तर्गत एउटा नयाँ उन्नत प्रजाति शानक्सी (Shannxi) कृत्रिम रुपमा पाउलोनिया टोमेन्टोसा र पाउलोनिया फोरचुनाई क्रस गरेर विकास गरिएको हो । यो पाउलोनियाको नयाँ प्रजाति अन्य प्रजातिहरु भन्दा छिटो वढ्ने र कम रोग लाग्ने तथा रोग खप्ने प्रजातिको रुपमा पाइएको छ । नेपालमा पनि इसिमोडले गोदावरीमा पाउलोनिया टोमेन्टोसा १९ वर्ष अगाडी नै रोपेको थियो । जसको छातिको उचाईमा गोलाई ७ फिट रहेको छ भने रुखको उचाई ७५ फिट जतिको छ ।

चिनियाँ परम्परामा पाउलोनिया छोरी जन्मेको उपलक्ष्यमा वृक्षारोपण गर्ने गरिन्छ । पछि छोरीको विवाहमा त्यही रुख काटेर उनको नयाँ परिवारका लागि फर्निचर लगायतका वस्तुहरू दाइजो दिन यसको प्रयोग गरिन्छ ।वाटो छेउमा शोभा दिने र छाँयादार वृक्षको रूपमा समेत यो वृक्षलाई प्रयोग गरिन्छ । काठ उत्पादनका लागि यो रुख उल्लेखनिय छ । यसको काठ पहेँलो, खरानी रङको हल्का तर खँदिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन । यसको काठ, फुट्दैंन र पसाङ्गिदैन । यसमा चाँडै आगो लाग्दैन र यो तापको कुचालक पनि हो । यसको काठ सयौँ वर्ष अघिदेखि नै फर्निचर, खेलौना, भवन, वाद्यवादक र प्याकेजिङका लागि प्रयोग हुँदै आएको छ । यहाँ सम्म कि यसवाट डुङ्गा आदि समेत बनाउने गरिएको छ ।

पाउलोनिया शानक्सी छिटो वढ्ने, डाले घाँस, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न तथा भूःक्षय रोक्न समेत मद्दत गर्ने वहुउपयोगी प्रजाति हो ।पाउलोनिया एउटा पतझड जातको रुख हो । यसको फूल वैजनी रङको र आकर्षक आकुतिको हुने भएकोले बगैचा तथा सडक, वाटोको सुन्दरता वढाउन रोप्ने गरेको पाइन्छ । यो विभिन्न हावापानीमा हुर्कने भएकाले नेपालमा पनि यसलाई तराईदेखि मध्य पहाडी क्षेत्रमा वृक्षारोपण गरेर रुख हुर्काउन सकिन्छ ।छिप्पिएको अवस्थामा यसको बाहिर एउटा पातलो र कमजोरु बोक्रा पाइन्छ । खुल्ला स्थानमा रोपेमा यो रुखको धेरै हाँगा बिङ्गा तथा बहुकाण्ड आउँछ । तर वाक्लो अवस्थामा भने यो सिधा माथि बढ्छ । यसको कलिलो हाँगा भित्र खोक्रो हुने भएका कारण हाँगाहरू भने पिटपिट भाँचिने खालका हुन्छन् । यो राम्रो मुना पलाउने (Good Coppicer) प्रजाति हो । यस प्रकारले यो रुखलाई एकपटक रोपेपछि पटकपटक काट्न र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । त्यसैले यो दीर्घकालीन रूपमा काठको स्रोत बन्न सक्छ ।

कस्तो माटोमा,कति र कसरी वृक्षारोपन गर्ने ?

यसलाई तराई र समुद्र सतहदेखि २००० मिटर उचाइमा रहेको क्षेत्रसम्म रोप्न सकिन्छ । पाउलोनिया दोमट माटोमा राम्ररी हुर्के पनि चिम्ट्याइलो देखि बलौटे माटोमा पनि फस्टाउँछ । यो ठिकसँग फस्टाउन माटोको अम्लीयपन ५ देखि ८.५ सम्म पिएच (PH) हुनुपर्दछ । यसको लागि नुनको मात्रा (क्षार) कम भएको माटो उपयुक्त हुने हुनाले नुन बढी भएको जमिनमा यसको वृद्धि राम्रो हुँदैन । कम पौष्टिक भएको माटोमा समेत यो राम्ररी हुर्कन्छ किनभने यसले क्याल्सियम र म्याग्नेसियमका पोजेटिभ (Ca++ / MG++) आयोनहरू छानेर लिन सक्छ । यसको यही गुणले गर्दा यसलाई खानी उत्खनन गरिएको ठाउँलाई पूर्व सुधार गर्न समेत प्रयोग गर्न सकिन्छ ।यद्यपि यसलाई मलिलो, राम्रो, दोमट, बलौटे र पानीको सतह १.५ मिटर भन्दा बढी भएको र पानी नजम्ने ठाउँमा रोप्दा राम्रो हुन्छ । वृक्षारोपणको लागि एक हात लम्वाई र एक हात चौडाई र एक हात गहिरो खाडल खन्नु पर्दछ ।

वृक्षारोपन गर्नु भन्दा २/३ हप्ता पहिले नै खाडल खन्नु पर्दछ । खाडल खन्दा माथिल्लो सतहकोे र मुनिको माटो अलग अलग राख्नुपर्छ । पछि बिरुवा रोप्दा माथिल्लो सतहको माटो पहिले अनि मुनिको माटो पछाडि राखेर खाडल राम्रो थिचेर भर्नुपर्छ । यदि बृक्षारोपन भित्र घुसुवा अन्नबाली पनि लगाउने र खन जोत गर्ने हो भने यसको प्रारम्भिक दुरी ५ × १० मिटर (२०० बिरुवा प्रति हेक्टर) रोपेर पछि सम्म यहि संख्या कायम गर्नु पर्दछ । यसलाई वीच वीचमा छाँट्नु पर्दैन । वृक्षारोपनको लागि ६ इन्च देखि १ फुट सम्मको विरुवा रोप्नु राम्रो हुन्छ ।

वृक्षारोपन सम्वर्धन कसरी गर्ने ?

(क) गोडमेल (Weeding): गोडमेलको मुख्य उद्देश्य अनावश्यक विरुवा हटानु र आवश्यक विरुवाहरुको प्रतिस्पर्धा हटाई हुकर्ने वातावरण प्रदान गर्नु हो ।

(ख) सिंचाइ र मल: सुख्खा याममा समय समयमा सिंचाइ गरि रहनु पर्छ । राम्रो वृद्धिको लागि नाइट्रोजन–फस्फोरस–पोटास–सोडियम क्रमशः ८–११–१०–७ भाग लाई २५० ग्रामका दरले प्रति बिरुवाको करिव एक फुट टाढा दुरीमा वरिपरि हाल्नु पर्छ ।

(ग) हाँगा काट्ने कार्य (Pruning): गाँठो नभएका गुणस्तरीय काठ उत्पादन गर्न बल्लाबल्ली तथा पोल उमेरमा तल्लो हाँगाहरू काट्नु पर्दछ । रुखको अवस्था हेरेर रोपेको तेस्रो वर्षमा हाँगा कटाइ गर्नु पर्छ ।

(घ)पतल्याउने (Thinning):

बिरुवाहरु धेरै घनामा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गरि रहेका हुन्छन् । यस अस्थामा विरुवालाई पातलो पारेमा वृद्धि छिटो हुन्छ । छटनी (Thinning) कार्य विभिन्न उमेरमा गर्नु पर्दछ ।

प्रति रुख वार्षिक वृद्धि कति हुन्छ ?

रुखको वृद्धि माटोको मलिलोपना र सम्वर्धनको तरिकामा भर पर्दछ । माथिको ग्राफ अनुसार प्रति रुख वार्षिक व्यास वृद्धि भएको पाईएको छ

वृक्षारोपन पछि अन्तिम कटानसम्म तिन पटक छटनी कार्य गर्दा करिव ४०० घ.मी. सानो काठ र दाउरा प्राप्त हुन्छ भने अन्तिम उपजको रुपमा १२ वर्ष पछि प्रति हेक्टर ७०० देखि ८०० घ. मी (२४५०० देखि २८००० क्यु फिट) काठ उत्पादन हुन सक्छ । यसलाई आर्थिक मूल्यमा आँकलन गर्दा निकै फाईदा जनक देखिन्छ ।

घर काजमा काठको उपयोग

यसको काठ सामान्यतया घरकाजको लागि व्यापक रुपमा प्रयोग गरिन्छ । काठ अति बलियो नहुने हुनाले औद्योगिक तथा यान्त्रिक प्रयोजनको लागि यो उपयुक्त हुँदैन । तर एउटा मन्दिरमा १०० वर्ष पहिले लगाइएको पाउलोनियाको दलिन अझैसम्म पनि उस्तै छ । पाउलोनियाको काठ भ्mयाल, ढोका, भित्री पर्खाल, भित्ता, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।

फर्निचर, प्लाइउड र अन्य प्रयोगका लागि पाउलोनिया

यसको काठ हवाइजहाज, ग्लाइडर, वायुयान, यातायातका साधन, पानीजहाजहरूमा हलुका, नमक्किने, नबाङ्गिने र नफुट्ने विशेषताको काठ भएका कारण यसको प्रयोग बढ्दो छ । कागज देखि प्लाइउड र तख्ता तथा टेबल, कुर्सी,दराज अन्य फर्निचरहरू बनाउन प्रयोग गरिन्छ । यसको काठको उपयोगबाट माहुरीको घार बनाउन राम्रो हुन्छ ।

हस्तकलाका सामग्रीहरू

हस्तकलाका सामग्रीहरू चीन, जापान लगायतका मुलुकहरूमा मानिसहरू परम्परागत रूपमा पाउलोनियाको काठबाट पूmलदानी, भगवान्का मूर्ति, काठका माछा, मेडल बक्स, डे«सिङ बक्स, टि.भी., रेडियो आदि राख्ने बक्स निर्माण गर्दै आएका छन् ।

डालेघाँस र कम्पोस्टमल, जैविक इन्धन र वायु शुद्धिकरण तथा कार्बन शोषणका लागि उपयोगी प्रजाति हो ।

पाउलोनियाको हरियो पात र पूmलले पशुहरूका लागि राम्रो घाँसको (आहारा) काम गर्छ । यो निकै पौष्टिक हुन्छ जसमा चिनी, चिल्लो पदार्थका अलावा २० प्रतिशत त प्रोटिन नै हुन्छ जुन ६० प्रतिशत पाचनयोग्य हुन्छ । शिशिरयाममा यसको पातलाई बटुलेर डल्लो पार्ने, काट्ने र पशुलाई खुवाउने गर्न सकिन्छ । यदि घाँसको लागि यसलाई रोप्ने हो भने धेरैवटा हाँगा बढ्न र फैलन दिनुपर्छ । यसलाई सीमित उँचाइसम्म बढ्न दिएर नियमित रूपमा पात प्रयोग गर्न सकिन्छ । यसको पात मल बनाउनको लागि अत्यन्तै उपयोगी वस्तु हो ।जलवायु परिवर्तन तथा कार्वन शोषनको हिसावले पाउलोनिया एउटा तीव्र गतिमा बढ्ने प्रजाति भएकोले यसले प्रभावकारी प्रकाश संश्लेषण क्रियाबाट वायुमण्डलमा भएको कार्बनडाइअक्साईड अधिक मात्रामा शोसन गर्छ । कार्बन शोषन गरेर आफ्नो काण्डमा जम्मा गरी राख्ने गर्दछ । यसलाई काटेर पनि काठ तथा फर्निचर आदिमा प्रयोग गर्दा कार्वन संचित राख्न सकिन्छ । यसलाई काटिहालेको अवस्थामा समेत यसको पात र जरामा भएको कार्बन माटोमा मिल्न पुग्छ जसबाट कार्बन शोषण हुन्छ र वातावरण शुद्ध हुन्छ । यसलाई एकपटक रोपेपछि यसको मुनावाट पुनः रुख वनि कम्तिमा ४–५ पटक काट्न सकिन्छ । यसले माटोलाई समेत मलिलो बनाउनुको साथै कार्बन शोषण गरेर दीर्घकालीन रूपमा पर्यावरणीय संरक्षणमा मद्दत पु¥याउँछ । पाउलोनिया वसन्त ऋतुको सुरुवातमा नै फल फूली कम्तिमा पनि एक महिनासम्म रहन्छ । यदि फूल फुल्ने मौसममा पाउलोनियाको वनमा मौरी पालन गर्ने हो भने यसवाट ठूलो मात्रामा मह उत्पादन गर्न सकिन्छ ।

Post a Comment

 
Top