0

 काठमाडौ बाट पोखरा जम्मा १० मिनेटमा
अमेरिकाको चर्चित कार निर्माता कम्पनी टेस्लाले प्रतिघण्टा १२८७ किलोमिटरको गरि चल्ने महत्वकांक्षी रेलको बनाउन शुरु गरेको छ । हाइपरलुप नाम दिइएको यो प्रोजेक्ट सन २०२९ सम्म पुरा हुने संभावना छ । यो रेलको निर्माणको लागी मात्र ७ लाख करोड रुपैया खर्च हुने अनुमान गरिएको छ। यो रेलको प्रोटोटाइप बनाउन मात्र २-३ वर्ष लाग्छ भने यसको खर्च ५८ करोड लाग्ने अनुमान छ।

  यति तिब्र गतिमा चल्ने रेललाई मोड्न मात्र ६४ किलोमिटरको घुम्तिको आवश्यक्ता पर्छ। रेलको रुटमा पुरै रेल होइन् क्यापसुल मात्रै पठाइन्छ भने ४५ देखी ९० फिटको दुरीमा पिलर बनाइन्छ। यी पिलरहरुमा हाइपरलुपको लागी एलिभेटेड ट्युब बनाइन्छ। पहिलो चरणमा ७० वटा क्यापसुल बनाउने तयारी छ । ३० सेकेण्डको अन्तरालमा क्यापसुल छोडिन्छ। रेलको ट्र्याकमा नेगेटिभ करेण्ट फ्लो हुन्छ भने रेलमा लागेको आर्मेचरमा पोजेटिभ करेण्ट फ्लो हुन्छ, जसले गर्दा म्यागनेटिक फिल्ड बन्छ। रेल ट्रयाक भन्दा थोरै माथि चल्छ,यसलाइ मेग्लेव प्रणाली भनिन्छ। रेलको बाहरी भाग भने एल्मुनियम प्रयोग गरिन्छ।
हाटल यो रेल अमेरिकाको क्यालिफोर्नियाका लागी बन्दै गरेको हो । यति यो ट्रेन २०२ किलोमिटरको दुरीमा रहेको काठमाडौ-पोखरामा चल्ने हो भने काठमाडौबाट पोखरा पुग्न करिब १० मिनेट लाग्दछ। मेग्लव रेल यसअघि चीनको संघाइमा प्रयोगमा आइसकेको छ,शांघाइको रेल प्रतिघण्टा ५०१ प्रतिघण्टाको गतिमा कुद्छ।

Post a Comment

 
Top