श्रीमान विदेशमा, श्रीमती गर्भवती !
३० साउन ।
तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय युवा वैदेशिक रोजगारीका लागि विदेश जान्छन्। जिल्लाका सन्दर्भमा अविवाहितभन्दा विवाहित युवा नै बढी विदेशिने गरेको आँकडाले देखाउँछ। श्रीमती, छोराछोरी र घर परिवारको लागि विदेशिने तिनै युवाको घरबार भने दिनानुदिन भत्किँदै गएको घटनाक्रमले देखाएको छ।
जिल्लाको पश्चिमी भेगमा अवस्थित तालाबाङ–६ दाङबाङमा यस्तै प्रवृत्तिको घटना दोहोरिएको छ। दाङबाङका ३० वर्षीया सीताकुमारी घर्तीमगर अचेल करिब ८ महिनाकी गर्भवती छन्। किसान परिवारकी सीतालाई छिमेकी गाविस भाबाङ–५ बाङमाका खेम बुढामगरले गर्भवती बनाएका हुन्। शहिद मार्गअन्तर्गत घर्तिगाउँ दुई खोलीमा जिप व्यवसाय गरी रहेका खेम र सीताबीच दुई वर्षको अवधिमा पटक-पटक असुरक्षित यौन सम्बन्ध कायम हुँदै आएपछि सीता गर्भवती भएकी हुन्। सीतालाई गर्भवती बनाउने खेमबाट हालै जरिवाना स्वरुप १ लाख ९० हजार असुलिएको छ।
सीताका पहिलेका श्रीमानका काका पर्ने गणबहादुर घर्तीमगरलाई जरिवानास्वरुप असुलिएको रकममध्ये ७५ हजार बुझाइएको छ भने १ लाख १५ हजार सीतालाई क्षतिपूर्ति स्वरुप दिइएको छ। गणबहादुरलाई हस्तान्तरण गरिएको रकम सीताका पहिलो श्रीमानलाई वैदेशिक रोजगारीबाट फर्केपछि दिने सहमति भएको छ। सीताका श्रीमान चन्द्रबहादुर घर्तीमगर भने २ वर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका छन्।
दुवै गाविसका माओवादी कार्यकर्ता, आमा समूह, महिला स्वयंसेविका र आफन्तले उक्त सहमति गरी दिएको एकीकृत माओवादी तालाबाङ गाविसका सेक्रेटरी दलबहादुर घर्तीमगर ‘कासन’ले जानकारी दिए। ‘केटालाई पत्रमार्फत् बोलाउँदा आएन। समस्या त समाधान गर्नुपर्यो, अनि मै गएर केटा र स्थानीयलाई भनेपछि कुरा मिलाउन आए।’ एमाओवादी कार्यकर्ता घर्तीमगरले भने, ‘सुरुमा त केटाले मेरो होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो। पछि स्वीकारेर पैसा तिर्यो ।’
एमाओवादी कार्यकर्ता घर्तीमगरका अनुसार सीतालाई पहिलेका श्रीमानको घरबाट निकाला गरेर उनको माइती तालाबाङ–७ भास्माखोरमा राखिएको छ। एमाओवादी कार्यकर्ता घर्तीमगरले थपे, ‘सीता त गर्भवती बनाउने केटासँगै जान खोजे कि थिइन्। तर केटाले लग्दैन भन्यो। हामीले पनि लग्नैपर्छ भनेर जaरजस्ती गर्न नमिल्ने।’
गर्भपतन गराउन सीता र खेम गाउँदेखि सदरमुकाम लिबाङस्थित जिल्ला अस्पतालसम्म धाएका थिए। गर्भमा बच्चा रहेको ७ महिना पुगlसकेकाले गर्भपतन नगरी दिएको जिल्ला अस्पताल रेउघाले जनायो।
सीता र खेमबीचको अवैध गर्भधारणको मुद्दा मिलाउन त्यहाँस्थित इलाका प्रहरी कार्यालय इरिबाङ–१ ओबाङमा अनुरोध गरिए पनि प्रहरीले बेवास्ता गरेको तालाबाङ–६ दाङबाङस्थित आमा समूहका अध्यक्ष तिर्सना रानामगरले गुनासो गरिन्। ‘सुरुमा हामीले नै सितालाई सोधपुछ गरेर केटाको पहिचान गर्यौंग।’ आमा समूहका अध्यक्ष रानामगरले भनिन्, ‘अनि ओबाङ प्रहरीलाई बुझाइदिएको त कुरा नै नमिलाएर फकाइदियो। उल्टै गाडी ल्याएर आयो भने केटालाई यही समात्छौं र खबर गर्छौं, भने। त्यसपछि हामी आफैं कुरा मिलाउन अघि बढ्यौं।’ चन्द्रबहादुरका दुई छोरी र एक छोरा छन्। जेठी छोरी जुनु १९ वर्ष भइसकेकी छिन्। यता खेमको पनि एक छोरा र श्रीमति छन्।
सीताका पहिलेका श्रीमानका काका पर्ने गणबहादुर घर्तीमगरलाई जरिवानास्वरुप असुलिएको रकममध्ये ७५ हजार बुझाइएको छ भने १ लाख १५ हजार सीतालाई क्षतिपूर्ति स्वरुप दिइएको छ। गणबहादुरलाई हस्तान्तरण गरिएको रकम सीताका पहिलो श्रीमानलाई वैदेशिक रोजगारीबाट फर्केपछि दिने सहमति भएको छ। सीताका श्रीमान चन्द्रबहादुर घर्तीमगर भने २ वर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका छन्।दुवै गाविसका माओवादी कार्यकर्ता, आमा समूह, महिला स्वयंसेविका र आफन्तले उक्त सहमति गरी दिएको एकीकृत माओवादी तालाबाङ गाविसका सेक्रेटरी दलबहादुर घर्तीमगर ‘कासन’ले जानकारी दिए। ‘केटालाई पत्रमार्फत् बोलाउँदा आएन। समस्या त समाधान गर्नुपर्यो, अनि मै गएर केटा र स्थानीयलाई भनेपछि कुरा मिलाउन आए।’ एमाओवादी कार्यकर्ता घर्तीमगरले भने, ‘सुरुमा त केटाले मेरो होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो। पछि स्वीकारेर पैसा तिर्यो ।’

Post a Comment