— एमाले बैकल्पीक पोलिटव्युरो सदस्य खगराज अधिकारी र उनकी पत्नी इन्द्रकला बरालविच एक्कासी शुक्रवार कास्कि जिल्ला अदालतमा सम्वन्धविच्छेद भएको छ । एमाले वरिष्ट नेता केपी ओली निकट नेता अधिकारीलाई श्रीमतीले एक्कासी डिभोर्स दिएको उनि निकट स्रोतले बतायो । अधिकारी निकट स्रोतले दिएको जानकारीअनुसार शुक्रवार बराल र अधिकारीविच पोखरामा डिभोर्स भएको हो ।
‘आपसी असहमती बढेपछि एक्कासी डिभोर्स भएको भन्ने जानकारी आएको छ,कारण के हो अझै खुलेको छैन् । ’ अधिकारी निकट एक एमाले नेताले बताए ।
स्रोतकाअनुसार अधिकारीको अर्कै केटीसंग सम्वन्ध रहेको खुलेपछि पत्नी इन्द्रकला बरालले डिभोर्स दिएकी हुन् । अधिकारी पत्नी बराल पोखरास्थित पिएन क्याम्पसमा लेक्चरका रुपमा कार्यरत छन् ।
Post a Comment