0

MainKhabar.com

parichaya

मन्दीको बेलामा ‘नेपाल बन्द छ’को राम्रो व्यापार

 नेपाली संगीतको क्षेत्रमा मन्दी लागेको धेरै भैसक्यो । एल्बमहरु बिक्न छोडिसके । ईमेल, पेनड्राईभ, मेमोरी कार्ड जस्ता सुचना प्रविधिको अत्याधुनिक सामाग्रीहरुमा गीतहरु सिमित हुन थालेका छन् । गीतले पैसा कमाउनु भन्दा पनि चर्चा पाउनु ठुलो कुरा भयो । कुनै बेला ‘पाईरेसी’ भयो भन्दै आवाज उठाउने संगीतकर्मीहरु आजभोली आफै ईमेलमार्फत विभिन्न ठाउँमा गीतहरु पठाईरहेका हुन्छन् । यद्यपी पैसा खर्च गरेरै भएपनि गायक बन्ने क्रम भने रोकिएको छैन ।

ishu and third eye
नेपाली संगीत बजारको यस्तो परिस्थितीको बाबजुद पनि पोखराको एउटा ब्याण्डले भने एल्बम धमाधम एल्बम विक्रि गरिरहेको छ । ईशु एण्ड थर्ड आई ब्याण्डले पहिलोपटक बजारमा ल्याएको ‘नेपाल बन्द छ’ नामक एल्बमको विक्रि अरु एल्बमको तुलनामा निकै बढि छ । ‘हामीले औपचारिक रुपमा एल्बमको विमोचन गरेका छैनौँ तर हामीलाई नजिकबाट चिन्नेहरुले हाम्रो एल्बम खुब मन पराउनुभएको छ ।’ ईशु एण्ड थर्ड आई ब्याण्डका भोकलिस्ट ईशु श्रेष्ठले भने–‘माग धेरै भएकै कारण पहिलो सँस्करणमा निकालेका सम्पुर्ण एल्बम विक्रि भैसकेका छन् भने दोस्रो सँस्करण पनि कम्पनीबाट हामीले मगाईसकेका छौँ ।’
ब्याण्डले ‘पुस सेलिङ’को आधारमा यति धेरै एल्बम विकाउन सकेको हो । ब्याण्डले दिएको जानकारी अनुसार एक हप्ताको बिचमा २ सय ६० प्रति एल्बम विक्रि भैसकेको छ । आफ्ना चिनेजानेका आफन्त र शुभचिन्तकमाझ उनीहरुले एल्बम विक्रि गरेका हुन् । पछिल्लो समय त पोखराका अन्य व्यक्तिले समेत एल्बमको माग गरिरहेको ब्याण्ड भोकलिस्ट श्रेष्ठले बताए ।
पोखरामा रहेर १७ वर्षदेखि संचालित ब्याण्डले पहिलो पटक बजारमा एल्बम ल्याएका ब्याण्डले एल्बममा समावेश तीनवटा गीतको भिडियो समेत निर्माण गरिसकेको छ । निर्माण भएका भिडियोहरुमध्ये यसअघि २ वटा गीत रिलिज भैसकेका छन् भने सोमबार मात्रै ‘नेपाल बन्द छ’ बोलको गीत पनि सार्वजनिक भएको छ । ‘नेपाल बन्द छ’, एल्वमलाई भाईब्स क्रियशनले वितरणको जिम्मा लिएको छ ।
ब्याण्डले एल्वमलाई अहिलेसम्म नेपालको संगीत क्षेत्रमा नै नौलो प्रयोग भएको दावी समेत गरेको छ । रक, ब्लुज, ज्याज, रेगे, फन्क, फ्युजन जस्ता संगीतका विधाहरु एउटै एल्वममा समावेश गरिएको नेपालमै पहिलो पटक गरेको उनीहरुको दाबी छ । दुई सदस्यीय ब्याण्डमा चाँडै नै युरोपियन म्युजिसियनहरु पनि समावेश गर्ने ब्याण्डले जनाएको छ । त्यसपश्चात ब्याण्डले अन्तराष्ट्रियस्तरमा कन्सर्ट गर्ने जानकारी दिएको छ ।

Post a Comment

 
Top