0

चन्द्रमाको ढुंगा नेपाल ल्याइयो


चन्द्रमामा पहिलो पटक पाइला टेक्ने नील आर्मस्ट्रंगले पृथ्वीमा ल्याएको चन्द्रमाको ढुंगो आज नेपाल ल्याइएको छ । सुनसरीको अमाहिवेल्हास्थित शान्तीवनमा बनाइएको एभरेष्ट साइन्स सेन्टरमा सोमबारबाट सुरु हुने प्रदर्शनीमा उक्त ढुंगा प्रदर्शनी गरिने सेन्टरका सञ्चालक डा. दिलिप अधिकारीले बताए ।अमेरिकाको ह्युसटनस्थित नासाको कार्यालयबाट २० घण्टाको हवाइ यात्रापछि उक्त ढुंगो नेपाल ल्याइएको हो । १२० ग्रामको ढुंगोलाई पृज्म आकृतीको सीसा जस्तै पदार्थभित्र राखिएको छ । नासाले एक महिनाका लागि उक्त ढुंगो दिएको हो । ढुंगासँगै नासाले उक्त ढुंगासम्बन्धि कागजात समेत दिएको छ । विश्वासका आधारमा अति मूल्यवान ढुंगो दिइएको जनाउँदै अधिकारीले नील आर्मस्ट्रंग जन्मिएको तारेख पारेर ढुंगा प्रदर्शन गर्न लागिएको जनाए । 

Post a Comment

 
Top