रेकर्ड ब्रेकको दौडमा चेन्नाई, पछि परे सलमान
अन्तत बलिउडका बादशाह साहरुख खानको नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले सबै रेकर्डहरुलाई पछि पार्दै बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको साहरुख र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले बक्स अफिसमा धमकेदार सुरुवात गरेको हो ।
यसअघि बलिउडमा बक्स अफिसका राजा मानिएका सलमान खानको चलचित्र ‘एक था टाइगर’ले कायम गरेको रेकर्डलाई समेत साहरुखको नयाँ चलचित्रले तोडिदिएको छ । सलमानको ‘एक था टाइगर’ले गतबर्षको इदमा राखेको ३२ करोडको ओपनिङ कलेक्शनलाई पछि पार्दै साहरुखको ‘चेन्नाई एक्सप्रेस’ले ३३.१२ करोडको नयाँ रेकर्ड बनाएको छ ।
यस्तै यो चलचित्रले बिहिबार बेलुकीको प्रीभयू शो को रेकर्ड पनि तोडेको छ । अमिर खानको ‘थ्री इड्यिट्स’ले बनाएको करिब २ करोडको रेकर्डलाई तोड्दै यो चलचित्रले ६.७५ को रेकर्ड बनाएको छ ।
चलचित्रले शनिबार २५ करोड माथीको व्यापार गर्दै साहरुखले नै अभिनय गरेको ‘रा वन’को रेकर्डलाई पनि ब्रेक गरेको बताइएको छ । चलचित्रले पहिलो दिनमै विश्वभर ७० करोड माथीको नेट कलेक्शन गरेको छ ।
चलचित्रले ओभरसिजमा पनि सम्पुर्ण रेकर्ड ब्रेक गर्दै नयाँ इतिहास रचेको छ । बलिउडका वादशाह साहरुख खानले बक्स अफिसमा आफूलाई पुन एकपटक नम्बर १ सावित गरिदिएका छन् । नेपालमा पनि चलचित्रले शुक्रबार ७० लाख माथीको ग्रस कलेक्शन गरेको बताइएको छ । यो चलचित्रले ४ दिनमै आफूलाई १ सय करोड क्लबमा समावेश गर्दै नयाँ रेकर्ड बनाउने लगभग पक्का छ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो सिनेमा पूर्णतया कमेडी र याक्सनमा केन्द्रित छ । चलचित्रको माउथ पब्लिसिटी पनि राम्रो भएकाले आमिर खानको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई यसले तोड्ने अड्कल काटिएको छ ।
Post a Comment