0
गोर्खाल्याण्डको माग गर्दै आन्दोलित दार्जिलिङका नेपालीमाथी भारत सरकारले क्रुर दमन गरिरहेको छ । विश्वका कुनै पनि कुनामा रहेका नेपालीमूलका नागरिकमाथी भएको अत्याचार हाम्रो देशका लागि चासोको विषय हुनुपर्ने हो । त्यसमाथी कुनै समय नेपालकै भूभाग रहेको ठाउ अनि नेपाली रगत बोकेर बाचिरहेका मानिससित हाम्रो गहिरो संवेदना जोडिएको छ । तर गोर्खाल्याण्डका आन्दोलनकारीमाथी भएको बर्बरतामाथी नेपाली शासकहरुले कहिल्यै मुख खोल्ने आट गरेका छैनन् । नेपाली नेताहरु पालैपालो दिल्ली जान्छन् र भारतीय नेताहरुको गूलामी गरेर फर्किन्छन् । अनि सन्देश लिएर आउछन्, भारत नेपालमा यस्तो संघीयता चाहन्छ उस्तो चाहन्छ । अनि नेपाल चैं भारतमा के चाहन्छ ? यसैगरी नेपालीहरुमाथी क्रुर दमन भएको हेर्न चाहन्छ ? उनीहरु किन भन्न सक्दैनन् हामी गोर्खाल्याण्डलाई छुट्टै राज्यको रुपमा हेर्न चाहन्छौं ? एउटा दार्जिलिङे केटोलाई इन्डिएन आइडलमा जिताउन हामी नेपालीको राष्टियता जाग्छ । सारा देश उसको पक्षमा जुरुक्क उचालिन्छ । तर, नेपालीहरुको छुट्टै राज्यका जीवन मरणको लडाई लडिरहेका नेपालीको पक्षमा कसैले एक शब्द बोल्नु र लेख्नु पनि आवश्यक ठान्दैन । 
(धन्यवाद छ, आजतकलाई यथार्थपरक रिपोर्ट प्रशारण गरेकोमा, जून भारतीय मिडियाले सामान्यतया गर्दैनन् । फरियाचोली लगाएका दुई नेपाली दिदीबहिनीलाई दानव जस्ता इन्डियन पुलिसले भकुरेको देख्दा मनै अमिलो भएर आयो)Chiranjibi Paudel

Post a Comment

 
Top