श्रीमतीले साथ दिएपछि दुई स्टोरको मालिक
नेपालमा कृषि विकास बैंकमा जागिर खादाखादै डिभि परेर सन् २००२ मा दिेनेश भट्टराई अमेरिका प्रवेश गरे । अमेरिकाको कोलोराडोमा केही समय पसिना बगाएपछि दिनेशको परिवार अहिले क्यालिफोर्नियाको सोनामा भन्ने ठाँउमा सफल नेपाली ब्यवसायीको रुपमा बसोबास गर्दैछ ।
अमेरिका आएपनि शुरुमा जीवन धान्न जसले जे काम पनि गर्नुपर्छ भन्ने बताउदै अमेरिका आएको करिव दुई तीन वर्षपछि नेपाली साथीहरु मिलेर एशियन ग्रोसरी खोलेर खसीको मासुसमेत बेचेको बताउने दिनेशको दुईवटा स्टोरमा अहिले अरु पाँच जनाले रोजगारी पाएका छन् ।
‘अमेरिका भनेर मात्र हुदैन, पैसा त्यसै कमाउन सकिदैन’ धनकुटाको अर्खौलेमा जन्मेका दिनेश भन्छन्, म होइन हामी भन्ने भावनाका साथ अगाडि वढ्न सकियो भने जो जहाँ भएपनि सफल हुन सक्दछ । आफुले विगतमा गरेको मेहनत सम्झदै उनी भन्छन्, अहिले मसंग दुईवटा स्टोर छ, एउटा ग्यास स्टेशनसहित र अमेरिका भनेको दुख र मेहनत गर्ने हो भने यहाँ राम्रै गर्न सकिन्छ ।
नेपालबाट यति टाढा आएपनि नेपालीहरु वीचमा एकता नदेखेर दुख मान्दै यो क्षेत्रमा नेपाली समुदायको लागि सामुदायिक विकासको आवश्यकता महसुश भएको उनको धारणा देखिन्छ । नेपाली समुदायका लागि केही गर्न सकियो भने यसले हाम्रा छोराछोरी, नातिनातिनाहरुमा नेपालप्रतिको माया र सद्भाव जगाउन सघाउँछ भन्ने धारणा उनको छ । नेपाली पहिचानको लागि पनि नेपालीहरु वीचमा एकता हुनुपर्ने उनको मान्यता छ ।
Post a Comment