सबैभन्दा ‘खतरनाक’ बलात्कारीको मृत्यु
सिफियो विरुद्ध १ सय २२ आरोप लगाइएको थियो । जसमा हत्याको आरोप समेत सामेल थियो । आफू विरुद्धको मुद्दाको सुनुवाई हुनु केही घण्टा अगाडि उनलाई मृत अवस्थामा भेटिएको जनाइएको छ ।
सिफियो विरुद्ध वर्ष सन् २००६ को जनवरीदेखि सन् २०११ को फेबु्रवरी बीचमा ३५ जना बालिकामाथि बलात्कार गरेको आरोप थियो । त्यसमध्ये सबैभन्दा कम १० वर्षको पीडिता समेत भएको जनाइएको छ भने ३३ जना पीडिताबाट लिइएको डीएनए परीक्षणको रिपोर्ट आरोपी सिफियोसँग मेल खाएको बताइएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार सिफियो हिरासतको आफ्नो कोठामा एक्लै थिए र सम्भवतः उनले ओढ्नेले फाँसी लगाएर आत्महत्या गरेका हुन् । तथापी प्रहरीले सिफियोको मृत्युको छानबिन गरिरहेको बताइएको छ ।
सिफियो विरुद्ध हत्याको प्रयास गर्ने आरोप समेत लगाइएको थियो । उनी विरुद्ध सिलसिलाबद्ध बलात्कारको बखत पीडितालाई एचआईभी संक्रमित इन्जेक्सन लगाउने गरेको समेत आरोप थियो ।
समाचारका अनुसार विश्वमा सबैभन्दा बढी यौन अपराध दक्षिण अफ्रिकामा हुनेगर्छ । पछिल्लो वर्ष त्यहाँ बलात्कारका ६४ हजार घटना बाहिर आएको थियो ।
दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी एचआईभी संक्रमित व्यक्ति रहेका बताइन्छ । त्यहाँ ५५ लाख एचआईभी संक्रमित व्यक्ति रहेका बीबीसीले उल्लेख गरेको छ ।
Post a Comment