एचआईभी संक्रमित बालिकालाई उपचारगरी ‘निको’ बनाइयो
अहिले साँढे दुई वर्षकी ती बालिकाको जन्मेको ३० दिनबाटै एचआईभीको उचार सुरु गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ । उपचारमा संलग्नहरुले गएको एकवर्षदेखि ती बालिकालाई औषधी दिन छुटाएको दाबी गरेका छन् भने यसबीचमा ती बालिकामा कुनै पनि किसिमको संक्रमण नदेखिएको बताइएको छ ।
अहिले ती बालिका तन्दुरुस्त भएको पनि जनाइएको छ । शोधकर्ताहरुले बालिका आगामी वर्षहरुमा समेत स्वस्थ्य रहेमा एचआईभीको उपचारमा सफलता हासिल गरिएको यो विश्वको दोस्रो घटना हुने बताएका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका विरालोजिस्ट डा. डेबोराह परसाद भन्छन्–‘यो यस अवधारणाको सवुत हो कि नवजात शिशुमा हुने एचआईभी संक्रमणको उपाचार सम्भव छ ।’
तथापी उनले यस प्रकारको उपचारले अन्य एचआईभी जीवाणुबाट संक्रमति बालबालिकामा कस्तो किसिमको असर पर्छ, त्यसको विषयमा भने थप परीक्षण आवश्यक रहेको बताएको जनाइएको छ ।
बालिका स्थानीय एक गाउँको अस्पतालमा जन्मिएकी थिइन् । बालिकाको आमा पहिलेदेखिनै ‘एचआईभी पोजेटिभ’ भएको पाइएको थियो । त्यसपछि बालिकालाई मिसिसिपी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ बालिकालाई एचआईभी संक्रमित भएको पुष्टी हुनुअघि नै उपचार सुरु गरिएको थियो । बालिकालाई बालबालिकामा हुने एचआईभी निको पार्न प्रयोग गरिदैं आएको औषधी भन्दा फरक एक विशेष ‘कक्टेल’ अर्थात मिश्रण औषधी दिईएको थियो ।
शोधकर्ताका अनुसार त्यस्तो मिश्रणले एचआईभीको जीवणुले शरीरमा ‘घर’ बनाउनु अघिनै त्यसलाई विस्थापन गरिदियो ।
विश्वविद्यालयका डा. परसादका अनुसार एचआईभीको धेरैजसो मामिलामा औषधी बन्द गर्ने वितिक्कै जीवणुले शरीरमा संक्रमण गर्न सुरु गर्ने देखिदैं आएको छ । डा. परसादले यसकारण कुनै पनि एचआईभी संक्रमित विरामी पूर्ण रुपमा ठीक हुन भने असम्भव जस्तै भएको जिकिर पनि गरेका छन्
।
।
यसअघि वर्ष सन् २००७ मा टिमथी रे ब्राउन एचआईभी संक्रमणको उपचार गराउने विश्वकै पहिलो व्यक्ति बनेका थिए । एचआईभी संक्रमित ब्राउनलाई ‘ल्यूकिमिया’ भएको थियो, जसलाई निको गर्न उनको ‘स्टेम सेल ट्रान्सप्लान्ट’ गरिएको थियो ।
यसको लागि एक यस्तो ‘डोनर’ खोजिएको थियो, जसको ‘जीन’ एचआईभी प्रतिरोधी थियो । यसपछि संक्रमित ब्राउनको उपचार गरियो र उनी ठीक भएको पाइएको बीबीसीले उल्लेख गरेको छ ।
Post a Comment