0

प्रधानसेनापति कप महिला फुटबलको उपाधि पुलिसलाई

 प्रधानसेनापति कप प्रथम राष्ट्रिय महिला फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा  इश्वरी चुनी मगरको आत्मघाती गोलको मदतमा त्रिभुवन आर्मीलाई १-० गोल अन्तरले पराजित गर्दै पुसिलले ३ लाख रुपैयाँ हात पारेको हो ।
जङ्गी अड्डायस्थित खेल मैदानमा भएको खेलमा ५२ औं मिनेटमा पुलिसकी निरु थापाको क्रस बल हेड गर्ने क्रममा इश्वरी आत्मघाती गोल गरेकी थिइन् । उपविजेता त्रिभुवन आर्मीले १ लाख ५० हजार हात पारेको छ ।  सुदूरपश्चिमाञ्चललाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ तेस्रो भएको छ, उसले ७५ हजार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित पुलिसका निरु थापाले स्कुटर हात पारिन् । पुलिसकी नमिताकुमारी दली उत्कृष्ट गोलकिपर, पुलिसकै धिमकुमारी गुरुङ रक्षक र पुलिसकै सन्देश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बनेका छन् । मिड फिल्डरमा भने आर्मीकी दीपा अधिकारी उत्कृष्ट भइन् । उनीहरूले १०/१० हजार पाएका छन् ।

Post a Comment

 
Top