0

बिमान जत्रा भारी बोक्ने
मानिस मात्रै होइन । धेरै जिवमा हुन्छन्  । हाम्रा खेत बारी, उकाली ओराली र खोंचमा कसरि मेहनत गरेर काम गर्छन् क्रिषकहरु रु त्यसैगरि काम गर्छन् किरा जगतका क्रिषकपनि। हाम्रा भरिया दाजुभाईहरु कसरि नाम्लो थाप्लामा राखेर चुइँचुइँ आवाज आउने गरि भारी बोक्छन् रु हो, त्यसैगरि गह्रुंगा भारि बोक्छन् किरापनि । किरा जगतका क्रिषक भनेर चिनिन्छन् कमिला । यिनले यति गह्रुंगो भारि बोक्छन् कि त्यसको अनुपातमा मानिसले भारी बोक्ने हो भने सिंगो बिमाननै ढाडमा बोकेर ठमठम हिँड्नुपर्छ । त्यति गह्रुंगो भारि बोक्छन् कमिलाहरु । अझ अचम्म, लिफ कटर आन्टस् भनिने यि कमिलाले जमिनमुनी क्रिषी फार्मनै बनाएका हुन्छन् । त्यहिँ गोडमेल गर्छन् । त्यहिँ ढुशी र मसिना च्याउ , झ्याउ ९फङ्गस० फार्म बनाउँछन् ।

त्यहि फङ्गस फार्ममा अन्य खेति पनि गर्छन् आफ्नालागि । हामीले गाढा, ट्याक्टर र डोकोमा मल, स्याउला बोकेर लगे झैं यिनले पनि सयौं मिटर टाढादेखि पात काट्छन् । रुखैमा चढेर । त्यसलाई बोकेर ल्याउँछन् फङ्गस फार्ममा ओछ्याउन। यिनले आफु भन्दा ५० गुणा गह्रुंगो पात बोक्छन् । त्यसलाई तुलना गर्ने हो भने हामी मानिस मध्यम आकारको भ्यान गाडीनै बोक्नुपर्छ ।

ति पातहरु ल्याउनुको कारण नै मसिना च्याउ र झ्याउ उमार्नकालागि हो । त्यसरि यिनले आफ्नो समूहका सबैलाई खान पुग्नेगरि उत्पादन गर्छन् । जुन समूदायमा लाखौं लाख कमिका हुन्छन् ।

आफ्नो समूदायको सुरक्षा गर्न यिनमा केहि कमिला सैनिकका रुपमा रहेका हुन्छन् । यिनको काम ज्यान दिएर आफ्नो समूदायको रक्षा गर्ने हो । कमिलाको समूदायको नेत्रित्व गर्ने रानी हुन्छे एउटी । हो उसको रक्षा गर्छन् यि सनिकले जुनसुकै मूल्य चुकाएर भएपनि । रानीलाई खतरा आइपर्दा अरु कमिलापनि ग्रुप्प भेला भएर छेक्छन् । मुकाबिला गर्छन् ।

Post a Comment

 
Top