0

पख्लास !!

gray-owl-mouse_65519_990x742
दुबै भोका, दुबैको आहारा खोज्ने दाउ । साँझ पर्नु अघि आहारा खोज्न निस्केको मूसालाई निशाना लगाउँदै ग्रेट ग्रे आउल भनिने लाटोकोसेरो । जाडो याममा जल, थल र खोल्साखोल्सी, टोड्का सोड्का सबै हिउँले ढाकेर आहाराको संकट पर्न थालेपछि लाटोकोसेरोहरु क्यानडाबाट अमेरिकाको मिनेसोटासम्म आइपुग्छन्, मुसा खोज्दै । यो तस्विरपनि त्यस्तै लाटो कोसेरोको हो । लाटो कोसेरोहरुलाई आहारा होस् भनेर जाडो याममा त्यहाँ मुसाहरु पालेर यसरि जमिनमा छोड्ने गरिन्छ ।
लाटो कोसेरोहरु धेरै भएको ठाउँमा खेती राम्रो हुनु, फलफूल बच्नुको कारण यहि हो । बचेरा कोरलेको बेलामा त एउटै लाटोकोसेरोले दिनमै दर्जन भन्दा बढि मुसा मार्ने गर्छ । बचेरालाई खुवाउन । त्यसैले अमेरिकाका केहि किसानहरुले मुसा नियन्त्रण गर्न विष राख्ने र अन्य महँगो प्रबिधीमा खर्चिनु भन्दा लाटोकोसेरो पाल्ने अभियाननै थालेका छन् । अष्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स, स्विडेन लगायतका केहि देशमापनि यो तरिका अपनाउने प्रचलन बढ्दो छ । फ्रान्समा मुसा पाल्ने प्रयोगशालाहरु करिब ५३ वटा छन् । तर राष्ट्रपती निकोला सार्कोजीले यस्ता अभियानमा खर्च घटाइदिएपछि केहि ठाउँ कि त अन्यत्र गाभिए कि बन्द भए । त्यसैले सार्कोजी वातावरणवादी र प्रक्रितिबिदका आँखामा सधैं आलोचक राष्ट्रपतीका रुपमा चिनिए । फोटो : टोम सामुयल्सन / द गार्डियन

Post a Comment

 
Top