0

नियम विपरित एम्बुलेन्सले यात्री ओसार्दै
 श्रावण ३० 
   - ग्रामीण क्षेत्रका विरामीलाई सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले पाँचथर जिल्लामा सञ्चालित एम्बुलेन्सहरुले नियमविपरित यात्री ओसार्ने गरेका छन् ।
ग्रामीण भेगका सर्वसाधारणको स्वास्थ्यको पहूँचमा वृद्धि गर्न सहयोग गर्नुको सट्टा यहाँका एम्बुलेन्सहरु बन्द्, हड्तालमा यात्री ओसार्ने, सामान ओसार्ने र निजी काममासमेत प्रयोग हुने गरेका हुन् । लामो समयदेखि विद्यमान नियम र आचार संहिताविपरित एम्बुलेन्स सञ्चालन भइरहे पनि अनुगमन गरी नियमनको प्रयास भएको छैन् ।
रेडक्रश सोसाइटीको जिल्ला शाखा र पञ्चमी उपशाखा, जिल्ला स्वास्थ्य कार्यालय, गोपेटार प्राथमिक केन्द्र, उपस्वास्थ्य चौकी एकतीन, फालेलुङ जनसेवा समाज, जनमैत्री सेवा समाज, टंकनाथ सेवा समाज, प्रमप्रसाद उप्रेती सेवा समाज र राँके बहुद्देश्यीय सहकारी संस्थाले १० वटा एम्बुलेन्स जिल्लाभित्र सञ्चालन गरिरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ आचार्यले अनियमित किसिमले यात्री बोक्ने गरेको कारण बन्द् हड्तालमा एम्बुलेन्स तोड्फोड हुने गरेको भन्दै आचार संहिता पालना गरी न्यूनतम सेवा सुविधा उपलब्ध गराउन एम्बुलेन्स सञ्चालकलाई सचेत गराएको बताए ।

Post a Comment

 
Top