संसारकै महङ्गो क्यासेट
प््राचण्ड समूहको चन्दा आतङ्कले धमाधम कर्मचारी बाराबाट पलायन
विभु अधिकारी
१९साउन
पार्टी सङ्गठन र आगामी सम्बिधान निर्वाचनका लागि भन्दै प्रचण्ड समूहको माओवादीले बारा, पर्सा र रौतहटमा एउटा गीति एलबम जबरजस्ती भीडाउँदै चन्दा आतङ्क मच्चाउन थालेपछि कर्मचारी पलायन हुन थालेकाछन् ।
नेपालले गिनिज बुक अफ ओल्र्ड रेर्कडमा बेला बेलामा आफूलाई प्रस्तुत गर्दा नेपालीको टाउको उँचो गरेको छ । तर, गिनिज अफ ओल्र्ड रेर्कड राख्ने सम्भावना बोकेको सबै भन्दा महङ्गो साधारण गीति एल्बमले पहिलो पटक नेपालीको टाउको दुखाईको विषय बन्न पुगेकोछ ।
सरकारमा हालिमुहाली भएको पार्टी माओवादीको चर्तिकलामा प्रशासन समेत चै चुप मै चुपको स्थितिमा बस्दा कर्मचारी उद्योगी लगायत सर्वसाधारण पीडित बनेकाछन् ।
नेपाल र भारतको चलचित्रको गीति क्षेत्रमा चर्चित उदित नारायणको सहायतामा केही कलाकारले गाएको एलबम “मोहर मारिह” को मूल्य प्रचण्ड समूहको माओवादीले ५० हजार रुपैयाँ घोषणा गरी कर्मचारी, व्यापारी र सर्वसाधारणलाई अपहरणकारीको शैलीमा धम्की दिदै रकम माग गरेपछि उनीहरु आतङ्कित बनेकाहुन् ।
स्थानीय,उद्योगी,सरकारी कर्मचारी,ठेकेदार,निजी अस्पतालका सञ्चालकलाई पार्टीकै लेटरप्याडमा माओवादीले लिखित पत्र पठाएर लाखौं रुपैयाँ माग गरेकाहुन् ।
सम्बिधान सभा निर्वाचनको मिति नजिकिँदै गर्दा आचार संहिता विपरित माओवादीले लेटरप्याडमा भोजपुरा राज्य समितिका प्रमुख प्रभुसाहको हस्ताक्षर सहित रकमको माग गरेको हो । असार ७ गते पत्र सहित गीति एल्बम दिएपछि लगातार प्रत्यक्ष र मोबाईल मार्फत धम्कीपूर्ण भाषामा थर्काउने गरेपछि बाराका एक सरकारी कर्मचारी सरुवा भएकाहुन् ।उनी सिमराबाट हवाई मार्फत काठमाण्डौ जानुअघि भने– संसारकै महङ्गो क्यासेट किन्ने न किन्ने आफ्नो ईच्छा भएपनि धम्की दिने गलत कार्यलाई कसरी सहयोग गर्न सकिन्छ, मेरो हैसियत भन्दा धेरै ठूलो रकम माग गरेपछि दिन नसक्दा ताराकार्कीले पटक पटक मोबाईल र प्रत्यक्ष भेटेर थकार्उने गरेकोले बस्न नसकी बाध्य भएर सरुवा भएको हुँ ।
क्योटको बारेमा आफूलाई थाहा नभएकोले प्रभुसाहलाई नै सोध्नुपर्ने प्रचण्ड समुहका विद्यार्थी नेता ताराले बताए ।
माओवादी चतुर पार्टी हो भन्ने जनमानसमा पर्दै गएको बेलामा यस घटनाले थप पुष्टि गर्ने काम गरेकोछ । सिधै धम्की दिएर रकम असुल्दै आएको प्रचण्ड समूहले यस पटक भने एक भोजपुरी एलबमको आडमा रकम असुल्ने योजना अनुसार कार्य गरेको हो ।
उदित जस्तो स्थापित गायकको पनि नैतिकताको आधारमा कुन कार्यको लागि गीत गाउन लागेको हो एक पटक अवश्य सोच्नुपथ्र्यो ।पैसाकै लागि मरिहत्ते गर्नाले अनावश्यक रुपमा उनी समेत विवादित बन्न पुगेको शुभचिन्तकको धारणाछ ।
मैले दुईसय रुपैयाँसम्मको क्यासेट किनेकोछु, एउटैको ५० हजार रुपैयाँ माग्नु त अपहरणकारी शैलिलाई पनि मात ख्वाएको स्थानीय हेमन थापाले बताए ।
यो शोषणको पराकाष्टा हो , अघोषित रुपमा सरकारमा भएकै कारण कारवाही हुन नसकेको होला । यसले गिनिज बुक अफ ओल्र्ड रेकर्ड राख्छ होला उनले हाँस्दै भने ।
यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बाराका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले बताए । यदि त्यसोहो भने सबैलाई बोलाएर आफूले बुझ्ने बताए ।


Post a Comment