0

१८ हजार अण्डा प्रहरी आफैंले राख्यो
— एक साताका लागि कुखुरा र कुखुराजन्य उत्पादनमा प्रतिबन्ध लगाएको अवस्थामा प्रहरीले बिक्रीका लागि काठमाडौं ल्याउँदै गरेका १८ हजार अण्डा बरामद गरेको छ। महानगरीय प्रहरी वृत्तको टोलीले चेक गर्दा अण्डा बरामद भएका हुन्। बा८च ९९७० नंको भ्यानमा राखिएका १८ हजार ४८० अण्डा काठमाडौं लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक मदनकुमार थापाले जानकारी दिए। बरामद अण्डा नस्ट नगरी प्रहरी आफैंले राखेको छ। 
एक जना कृषक बेच्छन् दैनिक २५,००० अण्डा
बरामद अण्डा शिखर पोल्ट्री फार्मका रहेको प्रहरीले जनाएको छ।

बर्डफ्लु भाइरस फैलिएको भन्दै सरकारले काठमाडौं उपत्यकामा सात दिनसम्मका लागि पंक्षी र पंक्षीजन्य वस्तुको ओसारपसारमा हिजोदेखि प्रतिबन्ध लगाएको हो। अवैध रुपमा ओसारपसार भइहेको अण्डा प्रहरीले नियन्त्रणमा राखेर परीक्षणका लागि प्रयोगशाला पठाएको जिल्ला पशुसेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टले बताए। प्रयोगशालामा अण्डामा सङ्क्रमण देखिए नष्ट गरिने उनले जानकारी दिए।

Post a Comment

 
Top