0
सुगौली सन्धि
सुगौलीको सन्धिमा उल्लेखित धाराहरुः

१. इष्ट इण्डिया कम्पनी र नेपालको राजाको बीचमा स्थायी शान्ति र मैत्री रहने छ ।
२. युद्ध शुरु हुन अघि दइ राष्ट्रबीच वादविवाद उठेको जग्गाहरुमा नेपालको राजाले समस्त दावालाई छोडने ।
३. नेपालको राजाले माननीय इष्ट इण्डिया कम्पनीलाई सदाकोलागि तल लेखिएका देशहरु दिने ।
(क) काली र राती नदीहरुको बीचमा परेका समस्त समस्थल भू-भागहरु ।
(ख) बुटवल खासलाई छोडी राप्ती र गण्डकीबीचमा रहेका सम्पूर्ण समस्थल भू-भागहरु ।
(ग) गण्डक र कुसा (कोशी) जूनमा ब्रिटिश शासनाधिकारमा परेको छ र खास पर्ने अवस्थामा छ, को बीचमा परेका सम्पूर्ण समस्थल भू-भागहरु,
(घ) मेची र टिष्टाबीचमा परेका सम्पू समस्थल भू-भागहरु,
(ङ) मोरङदेखि पर्वतसम्म गएको नग्रीको समस्थल भूमिहरु र नगरकोट घाटी सहितका मेचीनदीदेखि पूर्वी पहाडहरुका भित्रका साना प्रदेशहरुको साथै घाटी र नग्रीको प्रदेशहरु, उपर्यूक्त देशहरुमा यो सन्धिपत्र लागू भएको मितिदेखि चालीस दिनभित्रमा गोर्खा फौजहरु रिक्त गरिनु पर्ने छ ।
४. माथि उल्लेखित धाराहरुमा अधिकृत प्रदेशहरु सम्मिलित गार्दा मार्का परेका प्रमुख अधिकारी एवं भारदारहरुलाई क्षतिपूर्ति स्वरुप भत्ता ब्रिटिश सरकारले एकमुष्ट दुर्इ लाख रुपैया दिने छ । नेपाल राजाले आफ्नो तजबीजले छनोट गरी वितरण गर्ने स्वतन्त्रता हुने छ । छनोट हुने बित्तिकै भत्ताको निम्ति गवर्नर जनरलको क्रमशः मोह तथा हस्ताक्षर सहितको सनदहरु प्रदान गरिने छ ।
५. काली नदीका पश्चिममा परेका प्रदेशहरुमा नेपालको राजाले स्वयं, आफ्ना प्रतिनिधि र उत्तराधिकारीहरुका सारा दावाहरु त्याग्ने र ती देशहरु र त्यहाँका जनतासंग भविष्यमा पनि सर्म्पर्क राख्न पाउने छैन ।
६. नेपालको राजाले सिक्किमको राजाको नियन्त्रणमा रहेका प्रदेशहरु हत्याउने उद्देश्यले उसलाई कहिल्यै पनि अशान्ति अवस्थामा विनाश कार्यमा लगाउन पाउने छैन । साथै नेपाल सिक्किमको राजा तथा जनताबीचमा मतभिन्नता भएमा त्यसमा मतभिन्नताको विषयमा निर्णय ब्रिटिश सरकारले गर्ने छ । जसलाई नेपाल राजाले मान्नु पर्ने छ ।
७. नेपालको राजाले ब्रिटिश सरकारको अनुमति बिना कुनै पनि युरोपियनहरु, अमेरिकनहरुलाई आफ्नो सेवामा राख्न पाउने छैन ।
८. दुबै राष्ट्रहरुबीच शान्ति एवं मित्रताको सुधार एवं सुरक्षित राख्नकोनिम्ति दुवै सरकारले राजदूतहरुको विनियम गरी आ-आफ्नो राजदरबारमा राख्न मञ्जुर गर्ने ।
९. यो सन्धिलाई १५ दिनभित्र नेपालको राज्यले स्वीकृत गरेपछि कर्णल ब्राड साँलाई दिइनेछ जसले २० दिनभित्र वा यथाश्रिघ्र गवर्नर जनरलको स्वीकृति दिई राजालाई सुम्पिने छ ।

Post a Comment

 
Top