कसैले भन्छ जिन्दगी फूल रै’ छ
यस्तो लाग्छ जिन्दगी भूल रै’ छ
फोहरै फोहर थुप्रेको यो सहरको
आफ्नो लागि केवल धुल रै’ छ
जिन्दगी यस्तै रै’ छ याँ को संसार
भित्ता तिर झुण्डेको टुल रै’ छ
दुनिँयाले म माथि टेक्दै हिंड्दै छ
साराको लागि आकाशे पुल रै’ छ
धिक्कार छ यो जिन्दगी के जिन्दगी ?
जस्तो लाग्छ जिन्दगी काकाकूल रै’ छ ।
– © मानन्धर अभागी ।
Top
Post a Comment