0

यूवा संघ विभाजित ! समानान्तरण
 सङ्गठनभित्र बढेको आर्थिक अपारदर्शिता, स्वेच्छाचारिता र विधि उल्लङ्घनलगायतका विषयलाई लिएर लामो समयदेखि आरोप–प्रत्यारोपमा रहेका युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपटबहादुर रावल पक्षले अन्ततः संघको बैठक र कार्यक्रमहरु नै समानान्तर ढङ्गले अघि बढाएका छन् । महाधिवेशनपछि गत साउन १९ गते बसेको सङ्गठनको दोस्रो स्थायी समिति बैठकले साउन २४ देखि २६ सम्म राजधानीमा केन्द्रीय कमिटीको बैठक र प्रशिक्षण गर्ने निर्णय गरे पनि अध्यक्ष बस्नेतले बैठकको निर्णय लत्याउँदै फेसबुकमार्फत आगामी साउन ३१ र ३२ गते विराटनगरमा गर्ने जानकारी दिएपछि दुई पक्षबीचको आन्तरिक विवाद बाहिर आएको हो । 
अध्यक्ष बस्नेत स्थायी समितिको निर्णयविरुद्ध गएको आरोप उपाध्यक्ष रावलले लगाएका छन् भने उनले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत् नै युवा सङ्घको समानान्तर रूपमा पार्टी मुख्यालय बल्खुमा बैठक गर्ने घोषणा गरे । त्यस्तै उनीहरुले अध्यक्ष समूहले भदौ १ र २ गते धरानमा राष्ट्रिय महिला भेलाको आयोजना गरेकोमा सोही मितिमा काठमाडौं राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला र भदौ १४ र १५ गते राजधानीमै जिल्ला अध्यक्ष भेला गर्ने घोषणा समेत गरेको छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले अध्यक्ष बस्नेतले अपराधको आरोप लागेका सचिवालय सदस्य पर्शुराम बस्नेतलाई सङ्गठनभित्र स्थापित गर्ने योजनाका साथ स्थायी समितिलाई बहिस्कार गर्दै सम्मेलन आयोजना गरेकोले आफुहरु त्यसका विरुद्ध अलग्गै अघि बढ्न बाध्य भएको बताए । उनले अध्यक्ष बस्नेतमाथि महाधिवेशनले बनाएका समितिलाई बहिस्कार गरेको, एकै ठाँउमा तीन–तीन राष्ट्रिय स्तरका कार्यक्रम जवर्जस्ती गर्न खोजेको, सुनसरी, मोरङ पार्टी र सुनसरी यूवा सङ्घले कार्यक्रम गर्न नसक्ने पत्र पठाए पनि जबर्जस्ती गर्न खाजेको, कोशी अञ्चल कमिटीमा विवाद रहेको अवस्थामा कोशीमै कार्यक्रम गर्न लागेको, सङ्गठनलाई ब्यक्तिगत सनकको भरमा चलाएको र आर्थिक पारदर्शिता नगरेको आरोप लगाउँदै आफूहरु सङ्गठनभित्र हुर्केको निरकुङ्शताको विरुद्ध अलग्गै कार्यक्रम गर्न बाध्य भएको बताए ।
उनले संगठनको बुटवल अधिवेशनमा लेविबापतको ५० करोड, स्थायी समितिबाट साढे पाँच करोड, पार्टीबाट मासिक ३० हजारको दरले प्राप्त ३० महिनाको रकम, नर्वेजियन राजदुतावासले दिएको पाँच लाख, नेपाल सरकारले यूवा सम्मेलनको नाममा दिएको १६ लाख, दक्षिण अफ्रिका जाँदाको ८ लाख र सहयोग रसिदबाट प्राप्त कुनै पनि रकमको हिसाव किताव अहिलेसम्म नदिएर हिनामिना गरेको आरोप पनि लगाए ।

Post a Comment

 
Top