खसीको नाउमा बाख्राको मासु बेच्ने पसले पक्राउ
२९ साउन ।
जनकपुर बजारमा खुलेआम खसिको नाउ“मा बाख्राको मासु विक्रि भइरहेको जनगुनासो बढेपछि सोमबार एक दर्जन मासु पसलहरुमा संयुक्त अनुगमन गरिएको छ । जनकपुरको कदम चोकदेखि पूर्व कपिलेश्वर जाने बाटोमा संचालनमा रहेको मासु पसलहरुमा सोमबार बिहान अनुगमन गरिएको छ ।
पशु सेवा कार्यालय धनुषाका रामपुकार ठाकुरको अगुवाईमा गएको टोलीले त्याहांस्थित मदिना मासु पसल, आसिम मासु पसल, रुपेश पे्रmस हाउस, सुवान फ्रेस हाउस, नुर मोहम्मद मासु पसलमा विक्रिको लागि राखिएको मासुको अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा असिम मासु पसलबाट १० किलोग्राम बाख्राको मासु बरामद गरिएको थियो । बरामद गरिएको मासु तत्काल नष्ट गर्न लगाएको अनुगमनमा खटिएका खाद्य निरिक्षक रमेश यादवले जनाए ।
स्टेशन एरियामा गरिएको अनुगमनको क्रममा बाख्राको मासु विक्रि गर्दै गरेका एक जना युवालाई पक्राउ गरिएको छ । पक्राउ परेका बलहागोठ–४ का मो. मकरम शेषले आप्mनो पसल नरहेको बताए ।
पक्राउ गरिएको युवाले जनाए अनुसार धनुषा सबैलाका सुलेमान धोवीले स्टेशनमा मासु पसल संचालन गर्दै आएका छन् । उनले खसीको नाउ“मा ग्राहकलाई बाख्राको मासु बेचेर ठगी गर्दै आएका थिए ।
पशु सेवा कार्यालयले पक्राउ परेका विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।
दिपक लामा, निजामुद्धिन, साहु नदाफ, बसिर साफी र मनोज साहको मासु पसलमा समेत टोलीले अनुगमन गर्दा कम तौल गरिदै आएका ढक र तराजु जप्m गरेका छन् । उनीहरुले प्रयोगमा ल्याएका ढक तराजु घटी तौलको रहेको गुणस्तर तथा नापतौल कार्यालयले जनाए । घटी तौल गर्ने पसलेलाई कारबाही गर्ने भएका छन् ।
जनकपुर बजारमा घटी तौल गरी सामान ग्राहकलाई बिक्रि गर्दै आएपछि अनुगमन टोली यसतर्पm अभियान चलाएको छ । केही दिन अघि मात्र नगरको विभिन्न स्थानहरुबाट करिब दुई दर्जन ढक तराजु जप्m गरिएको थियो । सोमबार गरिएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयबाट खाद्य निरिक्षक रमेश यादव, गुणस्तर तथा नापतौल कार्यालयबाट केशव कुमार जीसी र विरेन्द्र उपाध्याय, पशु क्वारेन्टाइन कार्यालयबाट परमानन्द झा, जिल्ला प्रहरी कार्यालयबाट सई प्रेम बहादुर आले सहभागी थिए ।

Post a Comment