0

मुकुन्दे फेरि रत्नपार्कमा झुल्किए

 रत्नपार्कको मध्य भागमा अवस्थित काभ्राको बोटमा चढेर युवाहरुलाई उत्तेजीत गराउने भाषण गर्ने मुकुन्दे रत्नपार्कमा आफ्नो सत्ता दाबी गर्दे पुन झुल्कीएका छन । ६ महिना पहिले रत्नपार्कबाट गिरफ्तार भएका मुकुन्दलाई काठमाडौ जिल्ला प्रशासनले पुनश्च रत्नपार्क नजान ठाडो आदेश दिदै केरकार गरेको थियो ।
उनी  सिडिओ कार्यालयमा २२ हजार धरोटी राखेर रिहा भएका थिए । रिहा भएको लामो समय सम्म रत्नपार्क नगएका मुकुन्दले आफ्ना स्वदेश र विदेशमा रहेका फ्यानहरुको दवावको कारण पुनश्च रत्नपार्क जान थालेको बताए । देशको समसामयिक राजनिति र इतिहासको तथ्य माथि रोचक र घोचक शैलीको टिप्पणीकोलागि मुकुन्द चर्चित मानिन्छन। उनका फ्यानहरुले फेसबुक फ्यान पेज पनि बनाई दिएका छन ।उनको फेसबुकमा मात्रै ५ हजार साथी छन।
मुकुन्दको कथन छ – मेरो लोकप्रियताबाट तर्सिएर जादा जादै बाबुराम  भटटराईको सरकारले आफ्नो अन्तिम सप्ताहमा गरेको  विवादास्पद निर्णयको शिकार म भए । न्यायमुर्तिले सरकार चलाई रहेको बेला म कोपभाजनमा पर्छु जस्तो लाग्दैन । रत्नपार्कबाट ६ बर्ष पछि ६ महिनाको लागि हराउनु पर्दा पानी बिनाको माछा तड्पिए जस्तो म भएको थिए । अहिले म उत्साहित छु।

Post a Comment

 
Top