![petrol](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_v42aO1C9lrEgKQVhN_H2NXNIxPpH5RSJJUgcLsKZQF0_Z2XTT-pHo7-DpArwa9AaqxVA5tARvBwHepOz5_8q4aR78nQYKqjDpNzAAQLpcjAmCBhyaj1NABNcgSEiUt-jUx6vmZxA=s0-d)
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम संचालक समितिको शनिबार वसेको वैठकले पेट्रोलमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको छ । अब पेट्रोलको मूल्य १ सय २५ रुपैयाँ प्रतिलिटर भएको छ ।यस्तै, डिजेल र मट्टितेलमा भने प्रतिलिटर १ रुपैयाँ मूल्य बढेको छ । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासमा भने मूल्य परिवर्तन गरिएको छैन् ।यसैगरी, हवाई इन्धनमा पनि मूल्यवृद्धि भएको छ । आन्तरिक उडानतर्फ १० रुपैयाँ बढाएर प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ ५० अमेरिकी डलर वृद्धि गरी १ हजार ३ सय प्रतिकिलोलिटर पु¥याइएको छ ।
Post a Comment