भारतको उडीसा राज्यमा समुद्री आंधी
भारतमा, इतिहासमा नै सबैभन्दा शक्तिशाली मानिएको समुद्री आंधीले ल्याएको चर्को हावाहुरी र भारी बर्षाले त्यहांको पूर्वी तटीय क्षेत्रलाई प्रभावित तुल्याएको छ।
बंगालको खाडीस्थित पायलिन नामको समुद्री आंधीबाट बच्न चारलाख चालिस हजार भन्दा बढी मानिसहरु आआफ्नो घर छाडी सुरक्षित स्थल तर्फ लागिसकेका छन्। उडीसा राज्यको केही भागमा हावाहुरीको वेग दुईसय किलोमिटर प्रतिघण्टामा पुगीसकेको छ।
भारतीय अधिकारीहरुले खतरासूचक रातो संकेत जारी गरीसकेका छन् र आफूहरु समुद्रीआंधीका लागि तयार रहेको बताएका छन्।
मौसम विभागका अधिकारीहरुको अनुमान अनुसार समुद्री आंधी जमिनको क्षेत्रमा प्रवेश गर्दा समुद्रको पानी तीन मिटरसम्म माथि आउन सक्छ।
तल्लो तटीय क्षेत्रमा बस्ने लाखौं मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिसकिएको छ।

Post a Comment