0

बलिउड फिल्म `बोस` ले गिनीज वर्ल्ड रेकर्ड्समा नाम लेखायो

bossमुम्बई, बलिउड चर्चित अभिनेता अक्षय कुमारको प्रदर्शनको तयारीमा रहेको फिल्म `बोस` ले गिनीज वर्ल्ड रेकर्ड्स राखेको छ । संसारकै सबैभन्दा ठुलो पोष्टर बनाएका कारण यो फिल्मले गिनीज वर्ल्ड रेकर्ड्समा ठाउँ पाएको कुरा भारतीय मिडियाहरूले जनाएका छन । रेकर्डस राख्ने उक्त फिल्मको पोस्टर १९३ फीट १ इन्च चौडाईको रहेको छ भने १८० फीट २ इन्च ऊंचाईको रहेको छ ।
यो पोष्टर अक्षयका प्रशंसकहरूको एक समुहले तयार पारेका हुन । यो पोस्टर गत ३ अक्टोबरका दिन लण्डनको लिटिल ग्रेन्स्डेन एयरफील्डमा सार्वजनिक गरिएको थियो । यो पोस्टर निर्माण गर्न ४ महिना लागेको बताइन्छ ।
आफ्नो फिल्मको पोष्टरले वर्ल्ड रेकर्डस राखेपछि अक्षयले आफ्नो ट्विटरमा लेखेका छन । यो निकै राम्रो अनुभव हो र यसका लागी सबैलाइ धन्यवाद दिन्छु ।
यस पोष्टरले यस अघिको पप गाएक माइकल ज्याक्सनको `दिस इज इट` को रेकर्डलाइ समेत तोडेको कुरा मिडियाहरूले दावी गरेका छन ।

Post a Comment

 
Top